arrow

निर्वाचन पर्यवेक्षण मञ्च नेपालको अनुमति रद्द

पर्यवेक्षणको परिचयपत्र लिएर दलको मतगणना प्रतिनिधि

logo
प्रकाशित २०७४ असार २६ सोमबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणको परिचयपत्र लिएर राजनीतिक दलको मतगणना प्रतिनिधि हुने तीनजनालाई भविष्यमा कुनै पनि संस्थाबाट निर्वाचन पर्यवेक्षण गर्न नपाउने गरी कारबाही गरेको छ ।

निर्वाचन आयोगको बैठकले निर्वाचन पर्यवेक्षण मञ्च नेपालबाट पर्यवेक्षकका रूपमा खटिएर राजनीतिक दलको मतगणना प्रतिनिधिको कार्य गर्ने मीनबहादुर थापा, बुद्धिबहादुर रोकाया र राममणि पौडेललाई भविष्यमा पर्यवेक्षण गर्न नपाउने गरी अभिलेख राख्ने निर्णय गरेको हो ।

पर्यवेक्षकका रूपमा खटिएर निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको मतगणना कार्यमा खटिएको हुँदा निर्वाचन पर्यवेक्षण मञ्च नेपाललाई निर्वाचन पर्यवेक्षण गर्न प्रदान गरिएको अनुमति र उक्त संस्थाबाट खटिएका पर्यवेक्षकलाई जारी गरिएका परिचयपत्रसमेत रद्द गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय तह निर्वाचन, २०७४ दोस्रो चरणमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा आयोगबाट पर्यवेक्षण अनुमतिप्राप्त संस्था निर्वाचन पर्यवेक्षण मञ्च नेपालका तर्फबाट खटिएका पर्यवेक्षकले उपर्युक्तअनुसार आचारसंहिता विपरीत कार्य गरेको उल्लेख गर्दै आयोगले उक्त निर्णय गरेको बताएको छ ।

अध्यक्ष मुक्ति सुवेदी, उपाध्यक्ष मातृकाप्रसाद भट्टराई र महासचिव निरञ्जन थापा रहेको उक्त निर्वाचन पर्यवेक्षण मञ्च नेपालले निर्वाचन पर्यवेक्षणका लागि आयोगबाट २०१ जनाको परिचयपत्र बनाएको थियो । निर्वाचनको पर्यवेक्षण गर्न हिमाल, पहाड र तराईका जिल्लामा कम्तीमा १०० वटा मतदान केन्द्रको पर्यवेक्षण गर्नुपर्ने प्रावधान रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ