arrow

विपीसंगै हिंडेका हजुरबुबाको राजनीतिक बाटो पछ्याउँदै विकासको काममा लाग्नेछु – नुतनदेव दुलाल

logo
प्रकाशित २०७४ असार २६ सोमबार
nutan-dulal.jpg

इलाम । स्थानीय तहको निर्वाचनमा इलामको इलाम नगरपालिकामा नेकपा एमालेले कब्जा जमायो । मेयर र उपमेयर एमालेले लगे पनि काँग्रेसबाट केही वडा मात्र विजयी भए । कांग्रेसबाट वडा नम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलाल भने विकासे काम गर्न दृढ भएर लाग्ने बताउछन् । उनी इलामका पाका कांग्रेसमा नेता रामप्रसाद दुलालका नाति हुन् । 
उनी नेपाली काँग्रेसको घोषणापत्र अनुसार नै विकासका काम गर्न दृढ रहेको प्रतिक्रिया दिन्छन् । नुतनदेव इलाम क्षेत्र ३ का कांग्रेसका सभापतिसमेत हुन् । इलाममा विद्यार्थी कालदेखि नै राजनीतिमा सकृय दुलाल युवाहरु माझ निक्कै चर्चित छन् । 
उनका हजुरबुवा रामप्रसाद काँग्रेसका संस्थापक नेता विपी कोइरालासंग संगत गरेका तथा मेचीमा काँग्रेसको जग हाल्ने नेतामा पर्छन् । साथै उनका परिवारमा राजनीतिक माहोल छ । ठूला बुबाहरु जीवन र दिवानन्द पनि कुनै समय राजनीतिमा सक्रिय थिए । अहिले भने ओझेलमा छन् ।
विपीसंग वनारसदेखि नै संगत गरेका रामप्रसादको आदर्श विपीसंग निकै मिल्दथ्यो । तिनै रामप्रसादका नाति नुतनदेव यतिबेला इलाम नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष भए । नुतनदेवले आफ्नो राजनीतिक प्रभाव नै हजुरबुबाबाट हुँदै आएको बताए । उनले भने, ‘निष्ठाको राजनीतिमा हजुरबुवाको झुकाव देखेर आश्चर्य लाग्दथ्यो, उहाँले दिएका उपदेशहरु आजको राजनीतिमा समेत समसामयीक लाग्छन् ।’  
उनले भने, ‘म मेरो हजुरबुबाको राजनीतिबाट निकै प्रभावित छु , तर दुर्भाग्य अहिलेको पछिल्लो पुस्ताले उहाँलाई चिन्दैन, तर इलाम, झापा, पाचँथरका गाउँ गाउँमा पुग्दा पाका हजुरबुवाहरुसग चिनाजानी गर्दा रामप्रसादको नाति भन्दा उहाँहरुले हजुरबुवाले पूर्वमा जनताको मनमा बसेर राणाकालको अन्य गर्न र पश्चायतसग कसरी लड्नुहुन्थो भनेर सुनाउदा भने गर्व लाग्छ ।’

नुतनदेवले अगाडि थपे, ‘उहाँले नै भुटानबाट अलैची इलाम भित्राउनु भएको हो । कृषिमा काम गर्नु पर्छ भन्ने भावना जनाउने मध्ये उहाँ पनि एक हो । उहाँकै सकृयतामा हजारौं केजी घिउ दार्जिलिङ भित्रिन्थो ।’

त्यो समयबाट नै इलामबाट गाई र भैसी पालन गाउँगाउँसम्म फैलिएको बुढापाकाहरु बताउँछन् । मेची राजमार्ग खन्न उहाँले नै सयौंको संख्यामा इलामेहरु लिएर गएर ३,४ महिनासम्म श्रमदान गर्नुभएको सँगै जानेहरुले सुनाउदा मन फुरुङ हुने बताए  । साथै स्थानीय तहमा कसरी काम गर्ने भनेर उहाँको बारेमा बुढापाकाहरुसग सोध्दा धेरै नै ज्ञान प्राप्त हुने बताए । 
‘भोट माग्दै हिड्दा जना बृद्ध भेटिए उनले कुन दुलालको छोरा भनेर सोधे म केशवको छोरा रामप्रसादको नाती भनेर भनेपछि अगाँलो हाल्दै २८, ३० सालको घटना सम्झे र भने बिपी कोइराला इलाम ढुलिसकेर पाचँथर जानु भएको थियो, त्यहाँ मण्डले र सरकार पक्षमा केहीले बिपी माथि हमला गर्ने योजना बनाएछन् त्यो थाहा पाएर रामप्रसाद दाजुले सयौंको संख्यामा जनताहरु भेला पारेर पाचँथर तिर गएको र बिपिलाई सकुशल ल्याएको सुनाउदै हजुरबा जस्तै बन्नु है नाती’ भनेको झल्झली सम्झिरहेको सुनाउँदै नुतनदेवले भने ‘उहाँले देखाउनु भएको बाटो नडगमगाई हिड्न प्रतिबद्ध छु ।’

नुतनदेवले भने ‘हजुरबुबाले गर्न चाहेका केही कुराहरु अझै गर्न बाँकी छन् । यी कुराहरु खोजीमा लागेको छु । स्थानीय तहमा यी पुराना कुराहरु खोजी गर्दै स्थानीयको आवश्यक्ता हेरेर यो वडालाई नमुना वडा बनाउन जिउज्यान दिएर खट्ने छु ।’
नुतनदेवले आफ्नो क्षेत्र विकासको खाका कोरिसकेका छन् । उनले भने, ‘हाम्रो क्षेत्र भनेको तीन वटा हाइड्रोपावर भएको क्षेत्र हो । पर्यटनका लागिसमेत उर्वर मानिएको माइपोखरी रहेकाले यसको प्रचारप्रसार बढाइ आर्थिक वृद्धि गर्न सकिन्छ ।’ अव स्थानीयहरुको सुझावको आधारमा सो खाकालाई अन्तिम रुप दिने बताए । मेची राजमार्गको केही भाग हाम्रो वडा पनि पर्छ त्यसैले बिकासको लागि अन्य संभावनाहरु खोज्न सजिलो हुने बताए ।
उनले काँग्रेसको घोषणापत्र अनुसार नै अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बताए । उनले युवा तथा महिला तथा पिछडिएको समुदायलाई आर्थिक समृद्धिको बाटोमा लैजाने गरी योजना बनाइने बताए । 
कृषिमा विविधिकरण गरेर युवालाई आकर्षित गर्न विशेष योजना ल्याउने पनि बताए । 
हुन पनि जब हजुरबुबाको राजनीतिबाट प्रभावित भइसकेका नातीले यति त सोच्ने नै भए । किनकि उनलाई हजुरबुबाको नाम बिर्सेका काँग्रेसीलाई नाम सम्झाउनु पनि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ