arrow

यस्तो छ धरान उपमहानगरपालिको चुनावी नतिजा

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
Dharan_Sunsari.jpeg

इनरुवा। स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको हो ।

यससँगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ । एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएका छन् ।  

प्रमुखमा निर्वाचित राईले २० हजार ९७५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तिलक राई १६ हजार २०२ र नेकपा (माओवादी केन्द्र)का अइन्द्रविक्रम मेघाले ११ हजार १८० मत पाए ।

त्यसैगरी, उपप्रमुखमा एमालेकी मन्जु भण्डारी सुवेदी २१ हजार २५६ मतसहित विजयी भइन् ।  सुवेदीका निकटतम प्रतिद्वन्दी काँग्रेसकी श्यामा रेग्मीले १४ हजार एकसय ९७ मत पाइन् ।  

धरान उपमहानगरका २० वटा वडामध्ये एमालेले १४ वटा वडा जितको छ भने पाँचवटा काँग्रेस र एकवटा माओवादी केन्द्रले जितेको छ । एमालेले वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० जितेको छ । त्यस्तै, काँग्रेसले वडा नं १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ ।

धरानमा मतगणना सकिएसँगै सुनसरीमा सबै स्थानीयतहको मतगणना सकिएको छ । सुनसरी जिल्लामा रहेका सबै १२ वटा स्थानीयतहको मतगणना सकिएको मुख्य निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ