arrow

विप्लवको बन्दले यात्रु मारमा, मुद्रे यातायात मालामाल

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ असार २७ मंगलबार
banda-.jpg.jpeg

कञ्चनपुर ।  नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको बन्दका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित भएको छ । बन्दका कारण निर्वाध रुपमा सवारी साधन संचालन हुन नसक्दा यात्रुहरु मारमा परेका छन् ।

भारतबाट रोजगारी गरी घर फर्केका नेपाली मजदुर मारमा परेका छन् । भारतबाट रोजगारी गरी घर फर्केका नेपाली मजदुरहरु गन्तव्यमा पुग्न नसक्दा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बसपार्कमा अलपत्र परेका छन् ।  सहजै रुपमा उनीहरुले यात्रा गर्न पाउने अवस्था छैन् । बस समितिहरुले अनुमती नदिदा लामो दुरीका सवारी साधन अहिलेसम्म संचालनमा नआएपनि छोटो दुरीका सवारी साधन भने छुटपुट चलिरहेका छन् ।

 बन्दले मजदुरहरु बढी मारमा परेका छन् । निर्वाचनका बेला आफ्ना कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरेर बन्दी बनाएको बिरुद्धमा विप्लव निकटको माओवादी पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेको थियो । बन्दमा यात्रु मारमा परेपनि मुद्रे यातायात (निजी मोटरसाईकल) ले चर्को भाडा लिएर यात्रु बोकिरहेका छन् । शैक्षिक संस्थामा भने बन्दको प्रभाव खासै परेको देखिदैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ