arrow

बझाङमा भारी वर्षाले विद्यालय र घर बगायो, जयपृथ्वी राजमार्ग अबरुद्ध

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
bajhanga_sadak.jpg

बझाङ। ६ दिन देखि परेको अबिरल बर्षाका कारण बझाङ जिल्लाको जनजिबन अस्तब्यस्त भएको छ । कहि बिद्यालय र घरहरु पहिरो बगाएको समाचार छन् त कहि मान्छे नै बेपत्ता भएका छन् । जिललामा रहेको एक मात्र सडक जयपृथ्बी राजमार्ग अबरुद्घ भएको छ भने स साना ग्रामिण सडकहरु समेत पूर्णरुपमा अबरुद्घ भएका छन् ।

आईतबार राती बुंगल नगरपालिका ६ स्थित एक बिद्यालय र घर पहिरोले बगाएको छ । बुगंल नगरपालिका ६ साबिकको पिलकोट गाबिस स्थित दुर्गा  उमाबि सिमाली , भवानी प्रबि दहना र स्थानिय अमर बिकको घर पहिरोले बगाएको हो । लगातार आएको बर्षासंगै दुर्गा उमाबि सिमालीको २२ कोठे पक्की भवन भवानी उमाबीको तिनकोठे भवन पहिरोले पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 ‘स्थानिय अमर बिकको घर समेत पहिरोले बगाएको छ भन्ने खबर आएको छ प्रहरीलाई घटना स्थालमा खटाएका छौ , घटनाको एकिन बिबरण आई सकेको छैन प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्द्रले भने बिद्यालयको भबन सहित करोडौको क्षती भएको छ ’ । पहिरोले घर सहित लुगा कपडा खाने अन्न सहित सबै बगाएपछि पिडत अमर बिक स्थानिय आफन्तको घरमा शरण लिएर बसेको स्थानिय सुरेस सिहंले जानकारी दिए । उनले भने ‘एक्कासी राती गाँउ माथी बाट पहिरो बग्न थाल्यो बिहान हेरौत बिद्यालय भवन सखाप भएको रहेछ’ । दैबिक प्रकोप उद्घार समितीका अध्यक्ष तथा प्रजिअ केशब थापाले बिद्यालयको भवन बगेको छ भन्ने खबर आएकोले जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराई आबस्यक कार्बाहीका लागी निर्देशन दिएको बताए ।

यसैबीच जिल्लाको एक मात्र जयपृथ्बी राजमार्ग अबरुद्घ भएको छ । लगातार एक हप्ता देखि परेको अबरल बर्षाका कारण जयपृथ्बी राजमार्गको बिभिन्न ठाँउमा पहिरो आउदा राजमार्ग नै तिन दिन देखि सञ्चालन हुन सकेको छैन् ।

विषेश गरि तमैल नजिकै रहेको जाले बगर र माल्ला लाग्नेभिरमा ठूलो पहिरो गएका कारण सडक अबरुद्घ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यसरी तिन दिन देखि सडक सुचारु नभएपछि छोटो तथा लामो दुरीका यातायतका साधनहरु चल्न पाएका छैनन् । अन्य जिल्लाका ग्रमिण सडकहरु समेत अबरुद्घ भएका छन् । जिल्लामा रहेका ग्रामिण सड्कहरु बागथला बिजगडा सड्क, मोरीबगर चौधारी सड्क , भाडे जयपृथ्बी सडक , सुर्मा दौचौर सडक , जडार थामलेख सडक हरुमा ससाना पहिरो जाद पूर्णरुपमा अबरुद्ध भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ