arrow

सुरु भयो रिलायवल डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई बैंकको एकिकृत कारोबार

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
global-ime-bank.jpg

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्विजिसन गरी एकिकृत कारोबार सञ्चालन गरेको छ ।  संयुक्त कारोबार सञ्चालनको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार उद्घाटन गरे । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तर सम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको थियो । बैकको ८ अर्व निक्षेप, ७ अर्व कर्जा र  १ अर्व १ करोड चुक्ता पूँजी रहेको थियो ।


ग्लोवल आई एम ई बैंकले अहिलेसम्म १० वटा बैक तथा वित्तिय संस्थाहरुलाई पुर्बक मर्जर गरिसकेको छ । रिलायबल डेभलपमेन्ट मर्जरसँगै ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड पुगेको छ  भने कुल निक्षेप ९७.७० अर्व, कर्जा लगानी  ८२ अर्व भएको छ । साथै बैकको शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ