arrow

वर्षाका कारण विद्युत् प्रणालीमा समस्या आयो : विद्युत् प्राधिकरण

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
NEA-headoffice-Bulding.jpeg

काठमाडौँ । वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या पैदा भएको छ । मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत् उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले विद्युत्भार कटौती नै गरियो कि भनेर आशङ्का नगर्नसमेत आग्रह गरेको छ ।

वर्षाका कारण माथिल्लो मादीको एउटा युनिटबाट विद्युत् उत्पादन बन्द भएको छ । सो युनिट बन्द हुँदा २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद हुन पुगेको छ । सोमबारसम्म तल्लो मोदीबाट उत्पादन हुने विद्युत् प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेको थियो । मर्मतसम्भारपछि सो आयोजना सञ्चालनमा आएको थियो ।

जलविद्युत् केन्द्रका उत्पादनमा केही सुधार भए तापनि अझै करिब ३५ मेगावाट विद्युत् प्रणालीमा उपलब्ध हुन सकेको छैन । त्यसमा माथिल्लो मोदी र अन्य केही आयोजनासमेत रहेका छन् । एक साताअघि सम्म करिब ३०० मेगावाट विद्युत् निजी क्षेत्रको उत्पादन प्रणालीमा जोडिएको भए पनि यही असार २६ गते आइतबारदेखि करिब २६५ मेगावाट मात्र उपलब्ध हुँदै आएको छ ।

यस्तै, कोहलपुर–महेन्द्रनगर दोस्रो सर्किट अयोजनाले नयाँ पहलमानपुर सबस्टेसनमा जोड्ने कार्यका लागि लम्की–अत्तरिया १३२ केभी प्रसारण लाइन बन्द गरिएको छ । सो प्रसारण लाइन बन्द भएपछि टनकपुरबाट आयात गरिएको विद्यत् अपुग भएमा महेन्द्रनगर, अत्तरिया लगायतका केही क्षेत्रमा विद्युत् कटौती हुन सक्ने भार प्रेषण केन्द्रले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ