arrow

आफैलाई भोट नदिने पनि उम्मेदवार, ८० जनाले पाए ५ भन्दा कम मत

भीमदत्तमा १ सयभन्दा बढी उम्मेदवारको धरौटी जफत

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ असार २७ मंगलबार
bhimdatta_nagarpalika.jpg

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा १ सय ४६ जना उम्मेदवारको धरौटी जफत हुने भएको छ । ९÷९ जना प्रमुख र  उपप्रमुख सहित वडा अध्यक्ष र सदस्य गरी १ सय ४६ जना उम्मेदवारको धरौटी जफत हुने भएको हो ।

 विभिन्न राजनैतिक दल र स्वतन्त्रबाट स्थानीय निकायका पदाधिकारीका लागि उम्मेदवारी दिएका उम्मेदवारले कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएका कारण मनोनयन शुल्क जफत भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
नगरपालिकामा प्रमुख पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका मञ्जु दमाईले ५७ मत पाएका छन् । यस्तै नेकपा संयुक्तका गुलाफ आउजी ४१, राष्ट्रिय जनमुक्तिपार्टीका भानुराम सार्की २६, नेपाल पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका तेजसिह थापा ३३, मधेशी जनाधिकार फोरमका मन्सा डगौरा ३२, मालेका धौली मल्ल ५२, नयाँ शक्ति पार्टीका माया नेगी ४८ र स्वतन्त्रका उमेदवार कृष्णानन्द भट्टले  १७ र तिलक भट्टले २७ मत प्राप्त गरेका छन् ।

 उप प्रमुख पदका उम्मेदवार नेपाल पुर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीका गोदावरी मडैले  ४६ मतमात्र पाएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका दिपा सुनार १८, संयुक्तका तुलसी धामी ५१, नयाँ शक्तिका गोमती पुजारा ७२, जनमोर्चाका नरेन्द्र जोशी १ सय ९१, राप्रपाका खन्जरादेवी कुँवर २ हजार २ सय ७७, फोरमका सुनिला चौधरी २९, मालेका गोर्बधन श्रेष्ठ ८९ र स्वतन्त्रका अयान्त जोशीले ८४ मत ल्याएका छन् ।

वडाध्यक्षमा राप्रपाका तर्फबाट धन बहादुर चन्द ६६, नन्दराम धानुक ९९, कृष्ण मुरारी चटौत ६६, हरिहर पाण्डे २सय ४९, दान बहादुर कार्की ३२, अञ्जु कुमारी नेपाली २७, ठगसिह धामी १ सय ११, दान बहादुर पाल १ सय ९४, धर्मानन्द भट्ट १ सय १, जहरलाल सिह धामी १ सय ८, फुन्चे नाथ १ सय १९, पुशपती चन्द १ सय ५, दामुराम कोली १ र बहादुर सिह विष्टले १० मत ल्याएका छन् ।

 नगरको वडाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट गौरसिह धामी, सिद्ध दमाई १०७, अम्बादत्त भट्ट १५५, गोरख बहादुर सिह ६२, कृष्ण ओड २१ मत ल्याएका छन् । जनमोर्चाका तर्फबाट ईन्द्रलाल दमाई ८, देवसिह कार्की २२, सेवकदेवी कामी १९, राजेन्द्र गिरी ४, नर बहादुर ओडले ६मत ल्याएका छन् । नेकपा संयुक्तका सकुन्तला देवी भट्ट १०, बिमला सुनारले ३ मत यस्तै पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका तर्फबाट रामदत्त जोशी २, धिरेन्द्र बहादुर चन्द २१, हरिसिह विष्टले २६५मत ल्याएका छन् । स्वतन्त्रका बिर बहादुर खडका ३५, दिल बहादुर नाथ शून्य मत पाएका छन्।  तारादेवी भट्ट १, नयाँ शक्तिका कालुदेवी पन्त ५ र रतन मोरले ५० मत ल्याएका छन् ।

शुन्य देखि ५ मतमात्र  ल्याउने पनि उम्मेदवार
यस्तै गरी  शुन्य देखि ५ मतमात्र  ल्याउने पनि उम्मेदवार देखिएका छन् । भीमदत्त नगर निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्क अनुसार १ पनि मत नल्याउने वडाध्यक्षका उम्मेद्वार स्वतन्त्रका दिल बहादुर नाथ र नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका भागा देवी भट्ट रहेका छन् । उनीहरु दुवैले १ मत समेत ल्याएका छैनन् । उनीहरु आफ्नै मत हालेकी हालेनन् भन्नेमा पनि दुविधा परेको छ । यस्तै १ मत मात्रै ल्याउने ३ उम्मेदवार छन् ।

राप्रपाका वडाध्यक्ष दामुराम कोली, स्वतन्त्रबाट वडाध्यक्ष तारादेवी भट्ट र राष्ट्रिय जनमोर्चाका सदस्यका उम्मेदवार चन्द्रा पार्कीले एक÷एक मत मात्रै ल्याएका छन् । ४ जना उम्मेद्वारले २ मत मात्रै ल्याएका छन् । नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका वडाध्यक्षका उम्मेदवार रामदत्त जोशी, राष्ट्रिय जनमोर्चा सदस्य पदका उम्मेदवार गंगाराम ऐर, नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका दलित महिला सदस्य गिता भुल र उक्त पार्टीका सदस्य उम्मेदवार दलिनाथ योगी रहेका छन् । १ जना उम्मेदवारले ३ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी संयुक्तका वडाध्यक्षका उम्मेदवार विमला सुनारले ३ मत मात्रै प्राप्त गरेका छन् ।
 
यस्तै ४ मत ल्याउने १ जना रहेका छन् । राष्ट्रिय जनमोर्चाका वडाध्यक्षका उम्मेदवार राजेन्द्र गिरीले ४ मत ल्याएका हुन् । यस्तै गरि ५ मत ल्याउने १ उम्मेदवार मात्रै रहेका छन् । नयाँ शक्ति पार्टी नेपालका वडाध्यक्ष कालुदेव पन्तले ५ मत प्राप्त गरेका हुन् ।

 शुन्य प्रतिशत ल्याउने ३३ जना, १ प्रतिशत ल्याउने १९, २ प्रतिशत ल्याउने ६, ३ प्रतिशत ल्याउने ९, ४ प्रतिशत ल्याउने ८, ५प्रतिशत ल्याउने ५ जना उम्मेदवार रहेका छन् । नगर प्रमुख र उप प्रमुखका लागि १ हजार ५ सय, वडाध्यक्षका लागि १ हजार , सदस्यका लागि ५ सय रुपैया, महिला र दलित महिलाका हकमा ५० प्रतिशत छुटमा मनोनयन दत्र्ता गराएका थिए । प्रमुख उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला गरि जम्मा ९७ पदका लागि ४ सय ४२ ले उम्मेदवारी दर्ता गराएका थिए । भीमदत्त नगरपालिकामा कुल ५६ हजार १ सय ७४ मतदाता मध्ये ३७ हजार ३ सय ७० मत खसेका थिए । खसेको कुल मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारले जफत धरौटी र बाँकीको तीन महिना भित्रै धरौटी फिर्ता गरिने भीमदत्त निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ