arrow

भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा रवि शास्त्री, प्रशिक्षकमा द्रबिड र जाहिर खान 

logo
प्रकाशित २०७४ असार २८ बुधबार
rabi-shastri.jpg

मुम्बई । अनिल कुम्बलेले राजीनामा दिएपछि प्रशिक्षकविहीन बनेको भारतीय क्रिकेट टोलीले नयाँ प्रशिक्षक पाएको छ ।

भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर एवं क्रिकेट कमेन्टेटर रवि शास्त्री मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले शास्त्रीलाई सन् २०१९ को एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितासम्म भारतीय टोलीको जिम्मेवारी सुम्पिएको हो । 

बीसीसीआईले पूर्व कप्तान राहुल द्रबिडलाई ब्याटिङ र पूर्व बलर जाहिर खानलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । द्रबिडलाई भारत बाहिर हुने टेष्ट क्रिकेटमा ब्याटिङ प्रशिक्षक बनाएको हो । 

भारतीय कप्तान विराट कोहली र अनिल कुम्बलेबीच विवाद बढेपछि कुम्बले पछि हट्नु परेको थियो । 

रवि शास्त्रीलाई भने विराटले रुचाउने बताइएको छ । 

सचिन तेन्दुलकर, सौरभ गांगुली र भीभीएस लक्ष्मण संमिलित सल्लाहकार समितिले प्रशिक्षक टिमको छनौट गरेको हो । 

गत जुनमा इंगल्याण्डमा सम्पन्न च्याम्पियन्स ट्रफीपछि पनि शास्त्री इंगल्याण्डमै छन् । उनलाई एक दिनअघि स्काइपमा अन्तर्वार्ता लिइएको थियो । 

यसअघि वीरेन्द्र सेहवाग, टम मुडी लगायतका क्रिकेटर पनि दावेदारीमा थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ