arrow

जुमानु राई सईमा बढुवा, भन्छन्–राष्ट्रिय टोलीमा फर्किन्न, नयाँलाई ठाउँ दिन्छु

logo
प्रकाशित २०७४ असार २८ बुधबार
jumanu_rai.jpg

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर जुमनु राई बढुवा भएका छन् । जुमानु हालै बढुवा भएका हुन् । अब जुमानु प्रहरी नायव निरीक्षक सई भएका छन् ।

सर्लाहीको हरिवनमा घर भएका जुमानुले हाम्राकुरासँग भने, ‘प्रमोसन भएको हो । म २०५९ सालमा नेपाल पुलिस क्लबमा प्रवेश गरेको हुँ ।’

प्रहरीको सिपाहीबाट जागिर सुरु गरेका जुमानु तीन पटक बढुवा भएका छन् । नेपाल पुलिस क्लबले राष्ट्रिय लिग जित्दा उनी हवल्दारमा बढुवा भए ।

एएफसी प्रेसिडेन्ट कपमा उपविजेता हुँदा असईमा बढुवा भए । जुमानु अहिले नेपाल पुलिस क्लबका कप्तान हुन् । बढुवा भएसँगै उनले अब राष्ट्रिय टोलीबाट भने नखेल्ने बताएका छन् ।

उनले भने, ‘अब म राष्ट्रिय टोलीमा फर्किन्न होला ।’ औपचारिक घोषणा गरिसक्नु भा हो र ? जवाफमा उनले भने, ‘औपचारिक घोषणा गरेको छैन । जे होस्, अब म राष्ट्रिय टोलीमा फर्किन्न होला ।’ पुलिस क्लबबाट भने जुमनुले तत्काल खेल्न छोड्ने छैनन् । पुलिसबाट अझै २–३ वर्ष खेल्ने उनले बताएका छन् ।

राष्ट्रिय टोलीका लागि जुमानुले १२ गोल गरेका छन् । उनले राष्ट्रिय टोलीबाट ५३ खेलेका छन् । तर, क्लबबाट आफुले कति गोल गरे भन्ने रेकर्ड नराखेको उनले हाम्राकुरालाई सुनाए ।  

जुमानु पुलिसमा प्रवेश गर्दा नेपाली फुटबलमा पुलिसकै दबदबा थियो । त्यहीबीचमा उनलाई आफ्नो स्थान बनाउनु चुनौतीपूर्ण थियो ।

अन्ततः उनले एउटा स्ट्राइकरको भूमिकामा आफूलाई स्थापित गरे । २०६२ सालमा उनले राष्ट्रिय टोलीमा कदम राखेका थिए । मकाउविरुद्धको खेलबाट उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेका थिए । ३४ वर्षीय जुमनुले अहिले आएको नयाँ पुस्ताले राम्रो प्रदर्शन गरिरहेको भन्दै आफुले त्यो ठाउँ ओगटिनरहने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ