arrow

देउवाले कमल थापालाई तत्काल सरकारमा नल्याउने

logo
प्रकाशित २०७४ असार २८ बुधबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाको भागमा चार मन्त्रालय पार्ने तयारी गरेपनि तत्काल सरकारमा सहभागि नगराउने रणनीति लिएका छन् ।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा काँग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककै मन्त्रीहरू मात्र समावेश हुने बताइएको छ । प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल विदेशबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन् । पत्नीको उपचारका लागि वुधबार मात्रै थाइल्याण्ड गएका दाहाल साउन ३० गते काठमाडौं फर्कंदै छन् ।

राजपाले अडानका रुपमा राखेको संविधान संशोधनमा राप्रपाका सबै सांसद एकढिक्का नहुने देखिएपछि हत्तै विश्वा गरिहाल्ने बातावरण नरहेको मुख्य सत्ता साझेदारहरुको मनसाय छ ।

सत्ताका मुख्य दुई घटक काँग्रेस र माओवादी केन्द्र राप्रपालाई उपप्रधानमन्त्री दिन अहिले नै तयार हुन सकेनन् । उपप्रधानमन्त्री नपाउने भएपछि सरकारमा जाने कि नजाने भन्नेमा राप्रपा भित्रै समेत मतान्तर छ । राप्रपा संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने मनसाय बनाए पनि राप्रपाले अन्तिम निर्णय गरिसकेको छैन । यस्तै, सरकारमा जाने विषयमा छलफल नभएको केन्द्रीय कार्यसम्पादन समितिका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवा पार्टीभित्रै आन्तरिक व्यवस्था मिलाउँदै छन् । काँग्रेस र माओवादीले २० मन्त्रालय भागवण्डा गर्ने सहमति गरे पनि दुई दलले कति लिने कति छोड्ने भन्ने अझै टुंगो लागिसकेको छैन । काँग्रेसले माओवादीलाई ८ दिएर आफूले १२ मन्त्रालय लिने प्रयास गरिरहेको छ । माओवादीले न्यूनतम ९ मन्त्रालय दिनुपर्ने अडान राख्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ