arrow

जनार्दन शर्मालाई कारबाही गर्न भन्दै देउवालाई बाबुरामको ‘पत्र’

बुढीगण्डकी चीनको गेजुवालाई दिएको झोंक

logo
प्रकाशित २०७४ असार २८ बुधबार
baburam_-deuba.jpg

काठमाडौं । नयाँशक्ति पार्टी नेपालले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा हचुवाको भरमा चीनको गेजुवा कम्पनीलाई दिएको भन्दै निर्णय खारेज गर्न माग गरेको छ ।

नयाँ शक्तिले निर्णय खारेज गर्न माग गर्दै वुधबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार र चिनियाँ कम्पनि गेजुवाबीच भएको समझदारी गैरकानूनी भएको जिकिर गर्दै निर्णय फिर्ताको माग गरेका हुन् । उनले गैरकानुनी काम गर्नेहरुलाई कारबाही गर्न समेत भनेका छन् । उनले तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा लगायतलाई कारबाही गर्न भनेका हुन् ।

काठमाडौं उपत्यकासहित लोडसेडिङ हटाएर चर्चामा आएका तत्कालीन ऊर्जामन्त्री शर्मा पदमा हुँदा जेठ १० बुढीगण्डकीको जिम्मा गेजुवालाई दिने समझदारी भएको थियो । सरकार छाड्नुभन्दा अघिल्लो दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री शर्माकै सामुन्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपालको हितविपरीत समझदारी गरिएको जिकिर गर्दै संयोजक बाबुराम भट्टराईले समझदारी गर्नेहरुलाई कारबाही गर्न माग भनेका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘गैरकानूनी काम गर्ने कम्पनीसँग गैरकानूनी समझदारी गर्ने व्यक्तिहरुलाई नेपालको कानून बमोजिम कडाभन्दा कडा कारबाही गरियोस् ।’

नयाँ शक्तिले चीनको कम्पनी गेजुवाले ६० मेगावाटको त्रिशुली ३ ‘ए’ को कार्य समयमा सम्पन्न नगर्ने, चिलिमे जलविद्युत आयोजनाको निर्माण कार्य गर्न नसकेर ठेक्का तोडी धरौटी रकम जफत गरिएको, माथिल्लो साञ्जेन जलविद्युत आयोजनामा कालोसूचीमा परेको, ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण गर्न १० वर्षभन्दा बढी समय लगाएको र एक अर्ब १६ करोड करछली गरेकाले सोही कम्पनिलाई बुढीगण्डकीको जिम्मा दिनु गलत हुने उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ