arrow

नेपाली यु–२३ राष्ट्रिय फुटबल टोली युएईमा, शनिबार एएफसी यु–२३ च्याम्पिपनसिप छनौट खेल्दै

logo
प्रकाशित २०७४ असार २९ बिहिबार
football-23.jpg

काठमाडौं । एएफसी यु–२३ च्याम्पियनसिप छनौट फुटबल प्रतियोगिता खेल्न नेपाली यु–२३ राष्ट्रिय फुटबल टोली युएई गएको छ ।

संजीव मिश्रको नेतृत्वमा टोली बिहीबार बिहान ८ बजे फ्लाइ दुबईबाट युएई गएको अखिल नेपाल फुटबल संघ एन्फाका सीइओ इन्द्रमान तुलाधरले जानकारी दिए । 

समूह डी मा रहेको नेपालले शनिबार (जुलाई १५) को उद्घाटन खेलमा आयोजक युएईकै सामना गर्नेछ । त्यसैगरी जुलाई १७ मा उज्वेकिस्तान र जुलाई १९ मा लेबनानसंग खेल्नेछ । 

मुख्य प्रशिक्षक राजुकाजी शाक्यले कठीन समूहमा परे पनि नेपाली टिमले सक्दो राम्रो प्रयास गरेर खेल्ने जनाएका छन् । 

नेपाली टिमका कप्तान बिमल घर्ती मगर अनुभवी खेलाडी भएकाले पनि टिमले सकारात्मक नतिजा आउने अपेक्षा गरिएको छ । 

सन् २०१८ मा चीनमा हुने यु–२३ च्याम्पियनसिपका लागि छनौट चरण भइरहेको हो । छनौट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले चीनको टिकट काट्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ