arrow

भानुको सम्झनामा पानी वितरण

logo
नन्द ऋषि जैसी,
प्रकाशित २०७४ असार २९ बिहिबार
ghasi_pani_bitaran.jpg

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैछ ।“अध्यात्म रामायण” लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्‍याएका थिए । आचार्यको २०४ औँ जन्मजयन्तीको अवसर पारेर घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) ले पनि विगत केहिवर्ष यता बाटोमा हिडने बटुवाहरुको लागी निशुल्क पिउने पानी वितरण गरेर कार्यक्रमको आयोजना गरेको थियो । घाँसी नेपालले स्वयंम्भु तिन मूर्तीमा निःशुल्क पिउने पानी वितरण गरेर भानुको सम्झना गरेको थियो ।

घाँसी नेपाल विगत लामोसमय देखी शिक्षा क्षेत्रमा काम गर्ने एक गैरसरकारी सामाजिक संस्था हो । जसले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरीरहेको छ । महाविनासकारी भूकम्प पच्सात भत्कियका विद्यालय भवन निर्माण तिव्ररुपमा काम गरीरहेको छ । शिक्षा क्षेत्रको काम संगै पानी वितरण गरेर समाज सेवाका हात अघाडी बढाइरहेको छ । पिउने पानी वितरण गर्नको लागी घाँसी पानी वितरण समिति तयार गरेको छ जसको संयोजक राजकुमारी तामाङ छन् । तामाङको अगुवाइमा विभिन्न धार्मीक पर्व तथा भानु जयन्तिको अवसरमा पिउने पानी वितरण गर्दै आएको छ ।

पानी वितरण सिमितिकी संयोजक तामाङका अनुसार समाज सेवा आफैमा सजिलो काम होइन तर त्यसको प्रतिफल मनमा शान्ति छाउनु हो र त्यस भन्दा बढता त तिर्खायका वटुवाहरुलाइ तिर्खा मेटाउन पाउदा आफ्नो मन हल्का हुने गरेको ले पनि पानी वितरण कार्यक्रममा जति रमाइलो अरुकार्यक्रममा हुदैन । जुन कार्यक्रममा असहायलाइ सहायत दिए जस्तै महसुस हुन्छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ