- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी ।बलिउड अभिनेता गोविन्दाले ९ बर्ष पछि एक व्याक्तिसँग माफी माग्ने भएका छन् । उनले १६ जनवरी २००८ मा एक व्याक्तिलाई थप्पड हानेका थिए । सोको लागि गोविन्दाले सुप्रीम कोर्टमा माफीनामा दाखिल गरेका छन् । जसलाई सुप्रीम कोर्टले मन्जुरि दिएको छ । गोविन्दाले सन्तोष राय नाम गरेका व्याक्तिलाई सन् २००८ मा थप्पड हानेका थिए ।
सुप्रीम कोर्टको निर्णय अनुसार गोविन्दाले सन्तोषसँग माफी माग्नुका साथै उनलाई ५ लाख रुपैया हर्जाना पनि दिनेछन् ।पछिल्लो सुनवाईमा सुप्रीम कोर्टले दुवै पक्षलाई दुई हप्ता भित्र आपसमा समझौता गर्न र कोर्टलाई सो बारे अवगत गराउन आदेश दिएको छ ।