arrow

कानुनको अधीनमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह

logo
प्रकाशित २०७४ असार २९ बिहिबार
ghatnabichar.JPG

काठमाडौँ । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले समाजमा रहेका विकृति विसङ्गतिलाई चिरेर सत्यतथ्य सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।  

शुभ सञ्चार प्रालिद्वारा सञ्चालित ‘घटना र विचार डटकम’को बिहिबार शुभारम्भ गर्दै पराजुलीले जनताको सुसूचित हुने अधिकार सञ्चारमाध्यमले पूरा गर्नुपर्ने र त्यो संविधान र कानुनको अधीनमा रही राष्ट्र र राष्ट्रियतालाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिए । उनले भने, “लोभ, लालच, मोह, अशुभबाट बचेर काम गर्नुहोस् ।”

सो अवसरमा नेपाली काँग्रेसका नेता डा रामशरण महतले अहिलेको समय प्रविधिको भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर जनतामाझ चाँडो सूचना पुर्‍याउन अनलाइनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गन के मात्र देशको विकास हुन्छ, राजनीतिलाई सफा गर्ने जिम्मा सञ्चारकर्मीको काँधमा आएको छ भने।

नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले अनलाइनले पाठक बढाउन मात्र नलागी राष्ट्रियतालाई ध्यानमा राखेर सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए।

‘घटना र विचार डटकम’का प्रधानसम्पादक देवप्रकाश त्रिपाठीले राष्ट्रलाई केन्द्रबिन्दुमा राख निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न अनलाइन लाग्ने बताए ।    

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, राप्रपाका नेता राजेन्द्र लिङ्देन, राजपाकी नेत्री चन्दा चौधरीलगायतले देशलाई आर्थिक विकासमा लैजान अनलाइनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

विसं २०५१ मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको ‘घटना र विचार’ साप्ताहिक पत्रिकाले समाजमा भएका घटना र विचारलाई खरो रुपमा प्रस्तुत गर्दै आएको घटना र विचार डटकमका सम्पादक बबिता बस्नेतले बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ