- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर रसिद थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन ।
सवारीसाधन व्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् ।
गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन ।
केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै रोकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु गल्ती लाग्न छोडेको छ ।
यसको कारण हो उनीहरुले पाउँदै आएको प्रोत्साहन भत्ता कटौती । व्यवस्थापिका संसद व्यवस्थापन समितिको निर्देशनपछि ट्राफिक प्रहरीले पाउँदै आएको १५ प्रतिशत प्रोत्साहन भत्ता कटौती भएको हो । (नागरिक दैनिक)