arrow

सभामुखको अभिभावक भएर पुगे प्रचण्ड दम्पती अनन्त भेट्न

पुन केहि समयपछि डिस्चार्ज हुने

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
dahal.jpg.jpeg
काठमाडौं । थाइल्याण्डमा उपचार गराइरहेका पूर्व अर्थमन्त्री तथा एमाओवादी नेता वर्षमान पुनलाई भेट्न बैंकक पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल दम्पती अस्पताल पुगेर भेट गरेका छन् । सभामुख एवं पुन पत्नी ओनसरी घर्तीको अभिभावक बनेर बैंकक पुगेका दाहाल दम्पतीले पुनको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । दाहालको ट्वीटरमा पोष्ट भएका तस्वीरमा दाहाल पत्नीले पुनको टाउको सुम्सुम्याइरहेको र दाहाल उदास देखिएका छन् । सभामुख एवं पुन पत्नी घर्ती छेउतीर सोफामा बसेको देखिन्छिन् ।  
 
पुनलाई भेट्न उनीहरु बुधबार बिहान ११.३० बजे नेपाल एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गरेका थिए । दिउँसो बैंकक पुगेको जानकारी दिएका दाहालले एक घण्टा अघि मात्रै थाइल्याण्डको बैङकक स्थित समितिभेज अस्पताल पुगेर भेट गरेको जानकारी गराए । नेपालमा र भारतको मेदान्त अस्पतालमा लामो समय उपचार गराएका पुन समस्या बल्झिएपछि थाइल्याण्ड पुगेका हुन् । जण्डिशको पुरानै समस्या बल्झिएको चिकित्सकहरुले बताएका छन् ।
 
समितिभेज अस्पतालका चिकित्सकहरुले पुन उपचारपछि केहि समयपछि डिस्चार्ज हुने बताएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ