arrow

भेनस विलियम्स र गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाइनलमा

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
venus-williams1.jpg

बेलायत । अमेरिकन पाकी खेलाडी भेनस विलियम्स र स्पेनिश खेलाडी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।

विहीबार राति भएको सेमिफाइनलमा ब्रिटिश खेलाडी योहाना कोन्टालाई ६–४ र ६–२ को सोझो सेटमा हराउँदै भेनस फाइनलमा पुगेकी हुन् ।

पाँच पटककी विम्बल्डन च्याम्पियन भेनस करियरमा नवौं ग्रान्डस्लाम उपाधिको खोजीमा छिन् ।

तर भेनसले सन् २००८ पछि विम्बल्डनको उपाधि जित्न सकेकी छैनिन् । धेरै समय उनकै बहिनी सेरेना विलियम्सले पराजित गरेकी छिन् । 

यसपटक भेनसको तगारो मुगुरुजा हुन् । सेमिफाइनलमा स्लोभाकियाकी माग्दालिना रिबारीकोभालाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै मुगुरुजा फाइनलमा पुगेकी हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ