arrow

पत्रकार कुट्ने एमाले कार्यकर्ता पक्राउ, किन एमालेको  यत्रो आक्रोश ?

logo
दयाराम पण्डित ।
प्रकाशित २०७४ असार ३० शुक्रबार
bajura-district.png

बाजुरा ।  नेपाल प्रेस युनिय बाजुरा शाखाका अध्यक्ष एवं ईमेज च्यानलका बाजुरा सम्बाददाता लगायतका सरकारी अधिकृतलाई  कुटपिट गर्ने अपराधीलाई चौविस घण्टा नवित्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुढिनन्दा नगरपालिकाको अंगाउपानी निवासी एवं घटनाका प्रमुख नाईकेका आरोपित भनिएका नर रावत लगायत पांचजनालाई शुक्रबार विहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

 “ घटनामा संलग्न भनिएका पांचैजनालाई प्रहरीेले समातेर आवस्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मार्तडी तर्फ ल्याउदै गरेको  जिल्ला प्रहरीकार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरिक्षक दलबहादुर बोगटीले जानकारी दिए ।

बाजुरामा अपराधिक घटना धेरै हुन थालेका छन् । यस्ता जंगली प्रबृत्ती देखाउने स्वतन्त्ररुपमा बाटोमा हिडिरहेका मान्छाई कुट्ने दिनहुं अपराध  गर्ने  मान्छेलाई  आवस्यक प्रक्रिया पुरागरी कारवाही गर्छौं । 

अपराधीलाई कारवाही गर्न प्रहरी एकरत्ती पछि हट्दैन । तर, सबैले प्रकृया पु¥याउनु पर्छ डिएस्पी बोगटीले भने । 

घटना भएको चौविस घण्टा नवित्दै प्रहरीले समातिसकेको छ। प्रहरीकार्यालयमा नपुराउँदा सम्म नाम सार्वजनिक गर्न नमिल्ने  डिएसपी बोगटीले भने ।   

बिहिबार दिउसो बाजुराको सदरमुकाम मार्तडीबाट घर फर्किने क्रममा नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष तथा नेपालपत्रकार महांसंघ बाजुरा शाखाका पुर्व उपाध्यक्ष एवं ईमेज च्यानल टेलिभिजन बाजुरा सम्बाददाता छक्क बहादुर मल्ल , बुढिनन्दा नगरपालिकाको पोरखेको ओरालोमा आफुलाई नेकपा एमालेको कार्यकर्ता बताउने केही ब्यक्तीले लखेटी लखेटी सांघातिक आक्रमण गर्दा अध्यक्ष मल्लको टाउको र शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । 

 साथै उनीसंगै रहेका बुढिनन्दा नगरपालिककाका कार्यकारी अधिकृत चन्द्रबहादुर शाही ,सोही नगरपालिकाका कर्मचारी पदमबहादुर विष्ट, सर्वसाधरण रुद्र मल्ल,  मनलाल बडुवाल लगायतका बटुवालाई अगांउँपानीको बाटोमा हिडिरहेको बेला  छोपेर कुटपिट गर्दा घाईते भएका हुन् । 

पत्रकार मल्लको अहिले  कोल्टी प्राथमिक सवास्थ्य केन्द्रमा उपचार भईरहको वताइएको छ । बुढिनन्दा नगरापिापकको पोरखेलेको अंगाउपानीकमा बाटोमा हिड्रहेको वेला हामी नेकपा एमालेका कार्यकर्ता हुं भन्ने नर रावत लगायतका एक समुहले पत्रकार मल्ललाई छोपिछोपी कुटेका हुन् । 

“म पत्रकार हुंँ मार्तडीबाट घरजानलाई आएको हुं भन्दै थिए, मेरो परिचयपत्र पनि देखाएं ,ए तिमी हाम्रा विरुद्ध समाचार लेख्ने ? भनेर सुरुमा मलाई लठ्ठी र ढुगांले हिर्काए टाउको जोगाउदै म जंगलको वाटो भएर भाग्न सफल भएं अरुसाथीहरु केही अगाडि रहेछन् तलतल उनीहरुलाई पनि कुटेछन् ।’ घाईते अवस्थामा रहेका पत्रकार मल्लले भने ‘हामी  बाटोमा हिड्दै थियौं भोट कस्लाई हालेको भनि एमाले भन्ने नर रावतले सोधे , चुनाव सकिसक्यो हामी सरकारी कर्मचारी कसलाई भोट हाल्यौं के भन्न पाएका थियौं ’ नर रावत लगायतका केही ब्यक्ती आएर हामीलाई झम्टीहाले घटनाबाट भाग्न सफलभएका मनबहादुर बडुवालले भने । 

कुटपिट गर्नेलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । पत्रकार लगायत सरकारी अधिकृत कर्मचारी कुटिएका छन् ।यो ज्यानमार्ने उद्योग सो सरह हो त्यहि किसिमको मुद्धा गर्छौ । अपराधीलार्य कानुनी कारवाही हुन्छ बुढिनन्दा नगरापालिकका नवनिर्वाचित नगरप्रमुख  पदम गिरीले जानकारी दिए । 

किन एमालेको  यत्रो आक्रोश ?

बुढिनन्दा नगरपालिकको अंगाउँपानी नेकपा एमालेको किल्ला मानिथ्यो । गएको  अषाढ  चौधको स्थानीय निर्वाचनमा अपेक्षा अनुसारको मत नपाएपछि सोही गाउँका मेयर पदका उम्मेदवार जनक कुमार बोहराले कांग्रेसका पदम गिरीसंग हार व्यहोर्नु परेको थियो । 

उंगाउपानीको वडाअध्यक्षमा  एक मतको झिनो अन्तर ले पहिले कांग्रेसका मानवहादुर रावतले वडा अध्यक्षमा विजयी भएका थिए भने पछि  एमालले पुनः मतगना गराउपछि एमालेका  उममेदवार पुरा रावतले वडाअध्यक्ष जितेका थिए । 

बुढिनन्दामा  कांग्रेसले जितेपछि गतसाता पनि रुगिनबाट आएका सर्वसाधरणलार्य अंगाउानीमा बटुवालार्य कुटपिट गरेका थिए ।  

सोही गाउँवाट नेपाली कांग्रेसले दलितकोटामा  नन्दलाल शार्की र जनजातीवाट मंगल थापा भोटे लाई नगरकार्यसमिति सदस्यपदको उम्मेदवार वनाएको थियो । 

सोही विषयलाई लिएर एमालेले विक जागिरे र थापा जनजाती नभएको भन्दै मुख्य निर्वाचन कार्यालय मार्तडीमा उजुरी  दिएका थिए ।

 उजुरीमा छानवीन हुंदा दुबैको उम्मेदवारी रद्धगर्ने कानुनी प्राब्धान नदेखिएकोले  हामीले उम्मेदवारी रद्ध गर्न सकेनौ मुख्य निर्वाचन सूचना अधिकृत धर्मराज जोशीले भने ।

सोही विषयलाई लिएर नेकपाएमालले सदरमुकाममा जिल्ला शिक्षा अधिकारी एवं बुढिनन्दा नगरपालिकाका निर्वाचन अधिकृत नरेन्द्र रेग्मी र मुख्य निर्वाचन अकिृतको कार्यालयमा नाराजुलुस सहित प्रहरीमाथि हातपात पनि गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ