arrow

पैसा आउने दिन कुरेकी आमालाई छोराको शव

प्रेमीकाको बन्धनले आत्माहत्या हुन सक्ने शंका

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असार ३० शुक्रबार
ramchandra_pageni1.jpg

स्याङ्जा। रोजगार अनुमती प्रणाली (इपिएस) परीक्षा पास गरी रोजगारीको लागि दक्षिण कोरीया पुगेको छोराले कहिले पैसा पठाउला भनेर प्रतिक्षामा रहेकी ६० बर्षिय आमा जानुका पंगेनीको इच्छा अधुरै रह्रयो । जिल्लाको वालिङ नगरपालिका ११ का २६ बर्षिय रामचन्द्र पंगेनी गत जेष्ठ ८ गते रोजगारीको शिलशिलामा कोरीया पुगेका थिए ।

 कोरीया गएको डेढ महिना नवित्दै बुधवार उनी आत्माहत्या गरेर मृतअवस्थामा फेला परेको खवर घरमा आएको छ । अव त पैसा आउला भनेर आशामा बसेकी आमा जानुकाको सोमवार शव आउदै छ भन्ने खवरले बेहोस छन् । ४ ओटा दाजुभाईमा साहिला रामचन्द्र अविवाहित थिए । फेसबुकमा लेखेको स्टाटस अनुसार आत्माहत्याको कारण प्रेमीकाको विहे हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ । उनले आत्माहत्या गर्नुपुर्व आफ्नो फेसबुकमा “सधै भरी नउठ्ने गरी निदाउन मन छ” भन्ने स्टाटस लेखेका थिए ।
 
कमाउन गएको छोरा प्रेमीकाको विहेको निहुँमा आत्माहत्या गरेपछि परिवारमा रुवाबासी भएको छ । २ बर्ष पहिले नै बुवा डाँसीराम पंगेनीको स्वर्गारोहण भएको थियो । जेठा छोरा पोखरामा बस्ने, माहिलो छोरा प्रहरीमा र कान्छो छोरा काठमाण्डौं पढ्दै बस्ने अव साहिलो नै मेरो पालन पोषणको आधार स्तम्भ हो भन्ने ठानेकी आमा जानुकालाई छोरा स्वर्गारोहण भएको खवरले बज्रपात हुन पुगेको छ ।

 छोराको मृत्यूको खवर सुनेपछि आमा जानुका अचेत अवस्थामा र घरी घरी वरर्वराउने गरेको पारिवारिकले श्रोतले जनाएको छ । उचित परामर्शको अभावमा ज्यान गुमाउन पुगेको कोरीयामासगै काम गर्ने उनका साथीहरु बताउछन् । स्थानीय तथा कोरीयामा कार्यरत गुरुप्रसाद कोइरालाका अनुसार बुधवार विहान ५ बजे कोठाबाट बाहिर निस्केर गएका रामचन्द्रले डोरीको पासो लगाएर आत्माहत्या गरेको बताए । सामान्य विषयलाई विदेशमा कमाउन गएका रामचन्द्रले कमलो मन गरेका कारण ज्यान गुमाए । अव रामचन्द्र जस्तो अरु छोराहरुले क्षणिक प्रेमको जालमा फसेर ज्यान गुमाउन नपरोस ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ