arrow

काठमाडौं महानगरको बजेट निर्माण प्रक्रियामा उपप्रमुखलाई बाहिर राखियो, चुलियो असन्तुष्टि

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
mahanagar123.jpg

काठमाडौं। काठमाडौं महानगरपालिकाको बजेट निर्माण प्रक्रियामा उपप्रमुख हरिप्रभा खड्गीलाई बाहिर राखेर बजेट बनाईएको भन्दै महानगरपालिकाको नगर सभामा असन्तुष्टि सुरु भएको छ । महानगरपालिकाको दिउँसो २ बजेको लागि बोलाईएको बैठकमा यही असन्तुष्टिका कारण ३ बजेसम्मपनि काँग्रेसी वडाध्यक्ष तथा उपप्रमुखसमेत सभा भित्र नगएको महानगरपालिकाको १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । 

काँग्रेसी जनप्रतिनिधिहरुले बजेट निर्माण प्रक्रियामा आफूहरु सहभागी नगरार्इएको बताउँदै सभामा प्रवेश नगरेको बताएका छन् । उनीहरुले उपप्रमुख हरिप्रभा खड्गीलाई समेत बजेट निर्माणको कुनै पनि प्रक्रियामा सहभागी नगराएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

उपप्रमुख खड्गीले आफूलाई बजेट निर्माणको कुनैपनि प्रक्रियामा सहभागी नगराईएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले हाम्राकुरासँग भनिन् 'म उपप्रमुखको हैसियतले राजश्व परामर्श समितिको संयोजक नै बस्नु पर्ने हो । तर, जनप्रतिनिधिहरुबीच कुनैपनि सहकार्य र छलफल समेत नगरी कर्मचारीहरुले तयार पारेको आधारमा ८ अर्ब ५० करोडको बजेट ल्याउन लागिँदै छ । यसमा हाम्रो सहमति छैन ।'  उनले यो बजेट काठमाडौं महानगरपालिकाको लागि निकै थोरै भएको पनि बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ