arrow

काठमाडौंको नगरसभा साढे २ घण्टासम्म सुरु हुन सकेन

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
KMC_nagarsava.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगरसभा बैठकमा नै दुई पार्टीका जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा नगरसभाको बैठक लम्बिएको छ । शुक्रबार दिउँसो २ बजेको लागि बोलाईएको बैठकमा १४ वडाका वडाध्यक्षहरु बैठक कक्षभित्र प्रवेश नैै नगरेपछि नगरसभा सुरु हुन नसकेको हो । 

अहिले बाहिर बस्नेहरु खाजा खाएर बसिरहेका छन् भने सभाहल भित्र बस्नेहरु फोटो खिचेर बसिरहेको महानगरपालिकाका एक वडाध्यक्षले जानकारी दिए । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी समेत अरु काँग्रेस निकट वडाध्यक्षहरुलाई समेत बजेट निर्माण प्रक्रियामा सहभागी नगराई कर्मचारीहरुलाई नै बजेट निर्माण गरेको, एकलौटी रुपमा बजेट बनाएपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको वडा नं ८ का वडाध्यक्ष दिनेश कुमार डंगोलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ