arrow

सलमानले छोडेर शाहरुखले पाए 'देवदास', रक्सी पिएरै सिद्धाए चलचित्र

सुपरहिट चलचित्र 'देवदास' रिलिजको १५ बर्ष पुरा, यस्ता छन् रोचक प्रसंग

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
Devdas_(1)1.jpg

एजेन्सी । बलिउड निर्देशक संजय लीला भन्सालीको सुपरहिट चलचित्र 'देवदास' रिलीज भएको १५ बर्ष पुरा भएको छ । चलचित्रमा ऐश्वर्या राय, माधुरी दीक्षित र जैकी श्राफ मुख्य भुमिकामा रहेका छन् ।चलचित्र सुटिङको क्रममा कयौ यस्ता घटना रहेका छन् जुन धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । चलचित्रमा अभिनय गर्न पहिले सलमान खानलाई अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न अस्विकार गरेका थिए ।

१२ जुलाई २००२ मा रिलीज भएको चलचित्र सलमानले रिजेक्ट गरेपछि भन्सालीले शाहरुखलाई रोलको लागि अफर गरे र चलचित्र  'देवदास' बन्यो ।चलचित्रमा एक महत्वपूर्ण भुमिका चुन्नीलालको रहेको छ जसको भुमिकामा जैकी श्राफ देखिए । तर सो भुमिकाको लागि पहिले गोविन्दालाई अफर गरिएको थियो। साथै सैफ अली खान र मनोज बाजपयीलाई पनि सो भुमिकाको लागि अफर गरिएको थियो ।
 
शाहरुख खानले सिल्वर स्क्रीनमा आफ्नो भुमिकालाई यथार्थपरक देखाउन बिशेष ध्यान दिएका थिए।उनले कयौ सीन्सलाई महसुस गराउन रक्सी पिएका थिए।भारतिय सञ्चारमाध्यमका अनुसार शाहरुखले सुटिंग भन्दा पहिले केहि प्याक लिने गरेका थिए । शाहरुख सामान्यता रक्सी पिउदैनन् ।

 'देवदास' को संगित इस्माइल दरबारले बनाएको हो।संगित तयार गर्न  दरबारलाई अढाई बर्ष लागेको थियो । चलचित्रका प्रत्येक गीतलाई मिक्स गर्न ८ देखि ९ टेक लिनु परेको थियो ।गह्रौ झुमका कारण चलचित्रको गीत 'डोला रे डोला' को सुटिङको क्रममा ऐश्वर्याको कानबाट खुन बगेको थियो तर ऐश्वर्याले यसको पर्वाह नगरि गीत पुरा गरेकी थिइन् । रिपोर्टका अनुसार गीत लेख्न पुरै हप्ता दिन लागेको थियो ।

 सामान्यतया चलचित्र सुटिङको लागि २ देखि ३ बटा  जनरेटरको आवश्यकता पर्छ तर 'देवदास' को लागि ४२ बटा जनरेटरको प्रयोग गरिएको थियो । चलचित्रमा यति धेरै संख्यामा जनरेटर लगेपछि मुम्बईमा भएका बिबाहरुलाई समस्या भएको थियो । चलचित्रमा २५०० हजार लाइट र ७०० लाइटमेनका साथै अनगिनत जूनियर आर्टिस्ट्सले काम पाएका थिए ।


चलचित्रमा माधुरी दीक्षितले लगाएको कपडाकै मुल्य १५ देखि २० लाख परेको थियो। सुटिङको क्रममा माधुरी दीक्षित प्रेग्नेन्ट भएको समेत अफवाह फैलाइएको थियो।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ