arrow

चीनमा ७५ हजार र जापानमा ७४ हजार बाढीपहिरोबाट विस्थापित

logo
प्रकाशित २०७४ असार ३१ शनिबार

चीन। भीषण वर्षापछि आएको बाढीपहिरोमा परी चीनमा ७५ हजार जना र जापानमा ७४ हजार जना विस्थापित भएका छन्। उत्तरी चीनको जिलिन प्रदेश अन्तर्गत पर्ने योङजी जिल्लामा बाढी पहिरोका कारण ७५ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने ७५ हजार बासिन्दा विस्थापित भएका छन्।

मुसलधारे वर्षा गत बिहीबार बिहान ९ बजेतिर सुरु भएको स्थानीय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ। बिहीबारदेखि शुक्रबार मध्याह्नसम्म औसत १७५/४ मिलिमिटर वर्षा भएको अधिकारीहरुले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा यातायात, विद्युत, ग्यास, खानेपानीलगायतका अत्यावश्यक सेवाहरु पनि अवरुद्ध भएका छन्। बाढीका कारण ७५ हजार जना विस्थापित भए पनि दुई लाख ६० हजारभन्दा बढी प्रभावित भएका छन्।

त्यसैगरी जापानको मध्य भागमा पर्ने एइची र गिफु प्रदेशमा शुक्रबार आएको बाढीपहिरोका कारण झण्डै ७४ हजार जना विस्थापित भएका छन्।स्थानीय सरकारी अधिकारीहरुले विस्थापित सबै जनाको घर सम्पत्तिमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्। जापानको मौसम विज्ञान विभागले शुक्रबार बिहान झण्डै १२० मिलिमिटरको दरले वर्षा भएको जनाएको छ।

एइची प्रान्तको इनुयामा र कोमाकीमा ठूलो वर्षा मापन गरिएपछि इनुयामा नागरपालिकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ भाग्न शुक्रबार बिहान आह्वान गरेको थियो। एइची र गिफुका अलिअलि बाँकी रहेका झण्डै तीन हजार पाँच सय घरमा पनि यातायात सेवा, विद्युत सेवालगायतका सेवाहरु अवरुद्ध भएका छन्। अधिकारीहरुले शुक्रबार दिउँसोसम्म कुनै मानवीय क्षतिको खबर नआएको बताएका छन्। रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ