arrow

नोबेल पुरस्कार चयनकर्तालाई चीनले दिएन भीसा, माग्यो मरिसकेको मान्छेको पत्र

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
china-news-@.jpg.jpeg

काठमाडौं । विश्व प्रतिष्ठित नाेवेल शान्ति पुरस्कारको विजेता चयन गर्ने नर्वेका नोवेल समितिका अध्यक्ष बेरिट रीस एण्डरसनलाई चीनले भीसा दिन इन्कार गरेको छ । उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित मानवअधिकार कार्यकर्ता एवं लोकतन्त्र समर्थक लियू शियाओबेको अन्तिम संस्कारमा भाग लिनको लागि चीन आउन लागेका थिए । 

ओस्लो स्थित चिनियाँ दूतावासले उनले भीसाको लागि पेश गरेको कागजात नै गलत रहेको बताएको छ । उनलाई दूतावासले जसलाई भेट्न जान लागेको हो उसैको पत्र माग्यो । तर, उनी जसलाई भेट्न त्यहाँ जान लागेका हुन् ती व्यक्ति मरिसकेका छन् । 

त्यसपछि उनले उनको परिवारको भएपनि आमन्त्रण पत्र माग्यो । उनले त्यसपछि मृतककी पत्नीसँग कुरा गर्न चाहे । तर, मानसिक र शारीरिक रुपमा समेत अस्वस्थ रहेकी उनकी श्रीमतीले पनि उनलाई आमन्त्रण पत्र दिन सकिनन् । 

उनले चीनमा बस्नको लागि होटलसमेत बुक गरिसकेका थिए र फिर्ता हुने टिकट समेत लिईसकेका थिए । उनले धेरै विन्ती गरेपनि दूतावासका कर्मचारीहरुले उनको कुरा सुन्नै चाहेनन् र भीसा दिन नै अस्वीकार गरिदिए । यसरी होटल र टिकटको लागि तिरिएको रकम समेत डुब्ने भएपछि उनी विजोकमा परेको भारतीय सञ्चारमाध्यमहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ