arrow

परराष्ट्रमन्त्री महराले कुरा फेरे, संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन 

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

तुलसीपुर । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन हुने बताएका छन् । केही दिन पहिले बाटलुवाटारमा भएको तीन दलको बैठकपछि महरा र काँग्रेस नेता विमलेन्द्र निधिले दुई तिहाई नपुग्ने भएपछि तत्काल संविधान संशोधन प्रस्ताव अघि नबढ्ने बताएका थिए । 
शनिबार प्रेस सेन्टर दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महराले कुरा फेरेका हुन् । उनले संविधान संशोधन गर्नका लागि एमालेले समेत साथ दिनुपर्ने बताए । 

महराले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे । 

उपप्रधानमन्त्री महराले संविधान संशोधन गरेर २ नम्बर प्रदेशको निर्वाचन गर्ने बताए पनि संशोधनको आवश्यक संख्या सरकारले कसरी जुटाउँछ भन्नेबारे भने केही पनि बताएनन् । यद्यपि, एमालेले केही लचक हुने संकेत दिएको महराले बताएका छन् । 

उपप्रधानमन्त्री महरा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागि हुन दाङमा पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ