arrow

मेलम्चीको खाल्डोले चावहिलमा यसरी खायो राँगो !

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
chabahil_rango.jpg

काठमाडौं। काठमाडौंको चावहिलमा रहेको वेलकम पार्टी प्यालेस नजिकै शनिबार बिहानै भीड देखियो। त्यो भीड अरु केही नभएर मेलम्ची खानेपानी आयोजनाको लागि खनिएको खाल्डोमा एउटा राँगो खसेको थियो। त्यही हेर्नको लागि त्यहाँ मान्छेहरु जम्मा भएका थिए। त्यो राँगो कसको हो र कहाँ लगिँदै थियो भन्ने विषयमा कोही पनि जानकार थिएनन्। यद्यपि त्यहाँ रमितेहरुको भने भीड थियो। 

त्यहाँ मान्छेहरु उपस्थित हुनेबेलासम्म राँगो मरिसकेको थियो। राँगोलाई पछि डोजर लगाएर निकालिएको थियो। शुक्रबार मात्रै ढलमा एकजना बालिका परेपछि भाईरल भएको समाचार आईरहँदा भोलिपल्टै मेलम्ची आयोजनाको खाल्डोमा राँगो नै पसेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ