arrow

काठमाडौं महानगरको साढे ६ अर्ब कमाउने लक्ष्य, वजेट १० अर्व ७८ करोड 

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
KMC_nagarsava.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाले शनिबार राती अबेर आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट पारित गराएको छ । शुक्रबारदेखि सुरु प्रथम नगरसभाले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेट पारित गराएको हो । केही वडाध्यक्षहरुको असन्तुष्टिका कारण शनिबार पनि तोकिएको समय भन्दा केही ढिला गरी सुरु भएको नगरसभाको बन्दसत्रमा ध्वनिमतले बजेट पारित गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ कालागि आर्थिक विधेयकबाट १० अर्व ७८ करोड रुपैयाँ स्वीकृत गरेको छ । राजस्व र करका दरसहितको विधेयकले साना करदातालाई लाभ हुने अपेक्षा महानगरपालिका को छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट ६ अर्व ४८ करोड ७५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ भने उक्त आन्तरिक आयमा पनि कर आयतर्फ ४ अर्व ३६ करोड ७५ लाख रुपैयाँ र गैर कर तर्फ २ अर्व १२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिर्इएको छ । 

वित्तीय समानीकरण लगायत सवै अनुदान समेत गर्दा अनुदानबाट ३ अर्व १६ करोड ८२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिर्इएको छ ।  कूल बजेट आन्तरिक आय र अनुदानको योगमा मौज्दात रकम जोडेर बनार्इएको छ ।  यसमा आन्तरिक र अनुदान जोड्दा हुने ९ अर्व ६५ करोड ५८ लाख रुपैयाँमा मौज्दात १ अर्व १३ करोड रुपैयाँ थप गरी १० अर्व ७८ करोड रुपैयाँ आम्दानी अपेक्षा रकम कायम गरिएको महानगरपालिकाले जनाएको छ । 

विधेयकमा यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राख्ने लगायतको योजना समावेश हुनेछ । यस अन्तर्गत आगामी वैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालु तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ