arrow

निशुल्क पार्किङ सम्बन्धी व्यवस्था खारेज नगरी काठमाडौंमा पार्किंङको शुल्क तोकियो 

logo
प्रकाशित २०७४ साउन १ आइतबार
parking.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रको लागि नयाँ पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाले शनिबार पारित गरेको आर्थिक ऐनमा पार्किङको शुल्क तोकिएको हो । तर, महानगरपालिकाले यस अघि बोर्ड बैठकबाट निर्णयबाट सुरु गरेको निशुल्क पार्किङको व्यवस्था सो ऐन मार्फत् खारेज नै नगरी नयाँ नियम ल्याईएको छ । सो व्यवस्था अहिलेसम्म खारेज नगरिएको काठमाडौं महानगरपालिका निकट स्रोतले जनाएको छ ।  

महानगरबाट पारित आर्थिक विधेयकको अनुसूची (१०)मा क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखाङ्कन गरी, प्रवेश र बर्हिगमन फरक फरक हुने गरी, कुनैपनि सडकको कुल चौडाईको २५ प्रतिशत भन्दा बढी भाग नओगटिने गरी, भरसक आधुनिक प्रविधि प्रयोगमा ल्याउने गरी आफै वा निजी क्षेत्रबाट सवारी पार्किङ्ग व्यवस्थापन गर्न सक्ने व्यवस्था आर्थिक ऐनमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाको तोकिएको ठाउँमा अहिले पार्किङ गर्नको लागि पैसा लाग्दैन । तर, महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले अहिले तत्कालको लागि पैसा नउठाईने भएपनि पछि पार्किङ शुल्क उठाउने निर्णय भएमा त्यतिबेलाको लागि अहिले पार्किङ शुल्क तोकिएको बताए । उनले महानगरपालिकाले अहिलेको निशुल्क पार्किंङका कारण महानगरपालिका भित्र सवारी व्यवस्थापन चित्त बुझ्दो नभएकोले पार्किङ फेरि सशुल्क बनाउने तयारी भईरहेको पनि बताए । 

महानगरपालिकाले विभिन्न क्षेत्र अनुसार पार्किङको शुल्क तोकेको छ । त्यसको विस्तृत विवरण तल प्रस्तुत गरिएको छ । 
१.१) क्षेत्र नम्बर १
टेकु पुल उत्तर तर्फ सोह्र खुट्टे नयाँ बजार गङगबु सामाखुसी धापासी , महाराज गञ्ज चोक हुदै चप्पल कारखाना सम्म को सार्वजनिक बाटोमा सवारी साधन पार्किङ्क गरे ६० मिनेट सम्मका लागि ,
क) दुई पाङग्रेका लागि प्रति घण्टा रु १५,
ख) चार पाङग्रेका लागि प्रति घण्टा रु ४०,
ग) छ पाङग्रे वा सो भन्दा बढीका लागि रु १२०

१.२ क्षेत्र नम्बर २
न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगाएतका भित्रि शहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लौनचौर, स्रोहखुट्टे, विष्णुमती लिंक रोड, टेकु हुँदै त्रिपुरेश्वर सम्म)का हकमा देहाए बमोजिम हुनेछ ।
क) दुई पाङग्रेका लागि प्रति घण्टा रु २०,
ख) चार पाङग्रेका लागि प्रति घण्टा रु ५०,
ग) छ पाङग्रे वा सो भन्दा बढीका लागि रु २००

१.३ क्षेत्र नम्बर ३
विजुली बजार पुल पुर्व मनोहरा पुल पेप्सिकोला सम्म, पुतली सडक, बागबजार, डिल्ली बजार, मैतीदेवी, पुराने बानेश्वर , गौशाला, चाबहिल , बौद्ध, कोटेश्वर सुकेधारा ज्ञानेश्वर लगायत, सो आसपासका क्षेत्र, टेकु पुल पश्चिम बल्खु कलंकी , कालिमाटी, कुलेश्वर , कुमारी क्लब, सितापाइला, माछा पोखरी बालाजु सम्मका स्थानको सार्वजनिक बाटोमा सवारी साधन पार्किङ्क गरे प्रति घण्टा देहाय बमोजिम हुनेछ ।
क) दुई पाङग्रेका लागि प्रति घण्टा रु १५,
ख) चार पाङग्रेका लागि प्रति घण्टा रु ४०,
ग) पाङग्रे वा सो भन्दा बढीका लागि रु १००



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ