arrow

उपत्यका बहिरका ४ राजस्व कार्यालयमा ग्लोबल आइएमई बैंकको सेवा

logo
प्रकाशित २०७४ साउन १ आइतबार
global-ime-bank.jpg

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि ४ वटा आन्तरिक राजश्व कार्यालयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरि राजस्व संकलन सुरुवात गरेको हो ।

यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी  अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर,  अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय मोटरसाईकल सतुङ्गल लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ