arrow

निधिले भने–संसदको म्याद एक वर्ष थप्ने कुरा हल्ला हो

logo
प्रकाशित २०७४ साउन १ आइतबार
bimalendra_nidhi_final.jpg

काठमाडौं । काँग्रेस नेता विमलेन्द्र निधिले एक दुई दिनभित्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद्  विस्तार गर्ने बताएका छन् । काँग्रेसका तर्फबाट मन्त्रालय बाँडफाँड कार्यदलको जिम्मा पाएका नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट स्वदेश फर्किए लगत्तै मन्त्रालय बाँडफाँडको काम टुंग्याएर मन्त्रिपरिषद् विस्तार गरिने बताए ।

निधिले दोस्रो चरणको निर्वाचनमा व्यस्त हुनु परेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको सुनाए । काठमाडौंको सतुंगलमा रहेको बागेश्वरी अस्पतालको दशौं वार्षिकोत्सवमा पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले एक वर्ष संसदको म्याद थप्ने हल्ला निराधार भएको बताए ।

वर्तमान सत्तागठबन्धनका मुख्य दुई घटक काँग्रेस र माओवादी केन्द्र म्याद थप्ने पक्षमा नभएको उनको भनाई छ । निधिले तीन दलको बैठकमा अहिलेकै २ सय ४० निर्वाचन क्षेत्रलाई कायम गर्ने प्रस्ताव राखेपछि संसदको आयु लम्ब्याउने खेल भएको भन्दै चर्चा भइरहेको छ । निधिले बोली फेरेका छन् । उनले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने बताए ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले दिएको रिपोर्टका आधारमा मंसिर मसान्तभित्र प्रदेश र संघीय संसदको निर्वा भइसक्ने निधिको भनाई छ । प्रमुख विपक्षी एमालेले साथ नदिएका कारण संविधान संशोधन प्रकृया अघि बढ्न नसकेको बताउँदै नेता निधिले भने, ‘संघीयता कार्यान्वयन र मधेसका समस्या समाधान गर्नका लागि अघि बढाइएको संविधान संशोधनमा साथ नदिएकै आधारमा एमालेले मुलुकमा संघीयता चाएको छैन भन्ने प्रष्ट भएको छ ।’

संशोधनका पक्षमा दुई तिहाई नपुग्ने भएपछि तत्कालका लागि संशोधन प्रकृया स्थगित भएको बताउँदै निधिले भनेका छन्, ‘पास नभए पनि मतदान प्रकृयामा जाउँ भनेर राजपाका नेताहरुले भन्ने हो भने कांग्रेस प्रक्रिया अघि बढाउन तयार छ ।’ शनिबार मात्रै राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन हुने भए सरकारले ३ बुँदेका बाँकी माग पुरा गरे चुनावमा जान तयार रहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ