arrow

बुद्ध शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार यज्ञनिधिलाई

logo
प्रकाशित २०७४ साउन १ आइतबार
brochure_launch_news.jpg

काठमाडौं । यस वर्षको बुद्ध शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार रेडियो नेपालबाट प्रसारण हुने साहित्य सन्सार कार्यक्रमका प्रस्तोता एवं सञ्चारकर्मी दाहाल यज्ञनिधिलाई प्रदान गरिएको छ ।

वुद्ध शान्ति फोउन्डेशनले स्थापना गरेको बुद्ध शान्ति कमल राजरेग्मी साहित्य पुरस्कारको राशि पचास हजार रहेको छ । बुद्ध शान्ति फाउन्डेशनका संस्थापक अध्यक्ष्य इन्जिनियर, साहित्यकार तथा कलाकार सन्ध्या रेग्मीले स्थापना गरेको यो पुरस्कार हरेक वर्ष साहित्य, शिक्षा तथा समाजसेवामा अतुलनीय योगदान गर्ने सिर्जनशील व्यक्तित्वहरुलाई प्रदान गर्ने गरिएको छ ।
पुरस्कार वितरण समारोहमै ९२ वर्षीय बयोबृद्ध साहित्यकार कमलराज रेग्मीका पुस्तक लोकार्पण गरियो । काठमाडौंमा आयोजित एक समारोहमा कमलराज रेग्मीको विविध आयाम, आमा म र पाल्पा, बचेँरा लाई आहार तथा मदन मणि दीक्षितको लेखन धर्मिताबारे चर्चा भयो ।

पुस्तकबारे त्रिभुवन विश्वविध्यालयका प्राध्यापक वक्ताहरु प्राध्यापक डा.सुरेन्द्र केसी, डा. नेत्र प्रसाद न्यौपाने, डा. नेत्र एटम, डा. रजनी ढकाल, इरोज श्रेष्ठ र बाम देव शर्माले पुस्तक समिक्षा गरे । एउटै समारोहमा बुद्ध शान्ति फाउन्डेशनका ब्रोशर तथा वेबसाइट समेत सार्वजनिक गरियो ।

अखिल नेपाल भिक्षु महासङका महासचिव भिक्षु कोण्डन्य महास्तविर कार्यक्रमको मुख्य अथिति रहे । संस्थाकी अध्यक्ष सन्ध्या रेग्मीले संस्थाको परिचय, उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै बुद्धको महाकरुणा र शान्तिप्रतिको अनुरागलाई सिर्जनासँग आवद्ध गरी भाषा, साहित्य, कला, संगीत, ज्ञान  विज्ञान लगायत विविध सिर्जनशील विधाहरुको विकास र प्रवद्र्धन मूल उद्देय रहेको बताइन् ।

सिद्धार्थ गौतमको नाम र नेपालको गौरव अझै चम्काउने संस्थाको प्रयत्न जारी रहेको उनले जानकारी दिइन् । दाहाल यज्ञनिधिले कमलराज रेग्मीको ‘आमा’ कविता वाचन गरे । प्रमुख अथिति एवं संस्थाका वरिष्ठ सल्लाहकार भिक्षु कोण्डन्य महास्तविरले बुद्ध शान्ति फोउन्डेशनबाट नयाँ पुस्तालाई ज्ञानको हस्तान्तरण गरी प्रेम, भातृत्व र समानजस्यपूर्ण समाजको स्थापनाका लागि  उदाहरणीय कामहरु भइरकेको बताए । सम्मान समारोहमा मदन मणि दीक्षित लगायत वरिष्ठ सहित्यकार, भिक्षु र विभिन्न विधाका सर्जकहरु उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ