arrow

निर्वाचन सम्बन्धी ऐन र क्षेत्र निर्धारण आयोग छिट्टै गठन गरिने

logo
प्रकाशित २०७४ साउन १ आइतबार
ayodhi_yadab.JPG

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आइतबार भेटघाट भएको छ । अपरान्ह प्रधानमन्त्री कार्यालय, सिंहदरबार भएको भेटमा भेटका अवसरमा आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र सो आयोगलाई आवश्यक समयावधिबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए । 

सो अवसरमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवबाट संविधानले व्यवस्था गरेअनुसार २०७४ साल माघ ७ गतेभित्रै प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन गर्नु अत्यावश्यक रहेको र सोको लागि आवश्यक पर्ने निर्वाचन सम्बन्धी कानून र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्व गठन भई सोको प्रतिवेदन छिटो आयोगमा प्राप्त हुनुपर्ने र निर्वाचन आयोगले तयार गरेको निर्वाचन कार्यतालिका अनुसार कार्य गर्नुपर्ने आवश्यकता रहेको कुरा बताएका थिए । 

सो अवसरमा प्रधानमन्त्री देउवाले छिटै निर्वाचन सम्बन्धी ऐनहरू पारित गरिने र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । भेटका अवसरमा गृहमन्त्री जनार्दन शर्मा, मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, गृहसचिव लोकदर्शन रेग्मी तथा प्रधानमन्त्री कार्यालयका सचिवहरूको उपस्थिति रहेको थियो । त्यस्तै, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रयाद पौड्याल र सुधीर कुमार शाह तथा आयोगका का.मु. सचिव श्री महेश्वर न्यौपानेको पनि सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ