arrow

पूर्व ब्रिटिस गोर्खालीको समानताका लागि अडान लिने प्रमको प्रतिबद्धता

logo
प्रकाशित २०७४ साउन १ आइतबार
Gurkha.jpg

काठमाडौँ। पूर्वब्रिटिस गोर्खामाथि भइरहेको विभेदका विरुद्ध समानताका लागि सहयोग गर्न सरकारसँग माग गरिएको छ । पूर्वब्रिटिस गोर्खा सम्बद्ध सातवटा संस्था मिलेर बनेको ब्रिटिस गोर्खा संयुक्त सङ्घर्ष समितिले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै समानताका पक्षमा सहयोग गर्न माग गरेको हो ।

बेलायतमा कार्यरत अन्य देशका सेना र नेपाली सेनाबीच विभेदपूर्ण पारिश्रमिक एवम् निवृत्तीभरणको व्यवस्था भएकाले समान व्यवस्था गर्ने पहल सरकारी तबरबाट होस् भनी ज्ञापनपत्र बुझाइएको समितिका संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सरकारले समानताका लागि अडान लिने प्रतिबद्धता जनाए । समस्या समाधानका लागि बेलायत सरकारले गठन गरेको प्राविधिक समूह र समितिको प्राविधिक समूहबीच यही साउन ११ गते दिन वार्ता हुने जनाइएको छ । सो वार्तामा सहमति नभए दुवै देशका सरकारबीच वार्ता गरी समस्या समाधान गर्ने गरी यसअघि नै सम्झौता भएको थियो ।

प्राविधिक समूहबीच वार्ता नमिले दुवै देशका परराष्ट्र सचिवस्तरमा वार्ता भई समस्या समाधान हुने समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ