arrow

'काँग्रेसले राख्ने मन्त्रालयको टुङगो लागेपछि मात्र मन्त्रीको बारेमा चर्चा'

logo
प्रकाशित २०७४ साउन १ आइतबार
deuba-ramchandra.jpeg

काठमाडौं। मन्त्रिमण्डल विस्तारका बारेमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासंग कुनैपनि छलफल नभएको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाली कांग्रेसको भागमा पर्ने मन्त्रालयको टुंगो नलागेसम्म मन्त्रीहरुको नाम तय गर्नुको कुनै औचित्य नभएको उनले प्रष्ट पारेका छन्।

मन्त्रालयको टुंगो लागेका बारेमा अफवाहहरु फैलिएपछि पौडेलले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा पठाउने साथीहरुको क्षमता र दक्षताका आधार सवैलाई न्याय हुनेगरि मन्त्रीहरुको टुंगो लाग्ने बताएका छन् । उनले भने, 'अहिले सम्म नेपाली कांग्रेसबाट सरकारमा पठाउने मन्त्रीहरुको कुनै टुंगो नलागेको जानकारी गराउँदछु ।'

प्रधानमन्त्री विस्तारको तयारीमा
 
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भने गरेका छन् । देउवाले पार्टीभित्रका शक्तिकेन्द्रहरुका रुपमा रहेका पौडेल, कृष्ण सिटौला र खुम बहादुर खड्का समुहलाई मिलाएर सरकार विस्तारको तयारी गरेका छन्। यसका लागि माओवादी र सरकारमा सहभागि हुने अन्य दललाई सरकारमा दिने मन्त्रालय र संख्याको बारेमा टुङगो लगाउन देउवाले पार्टीका नेता विमलेन्द्र निधी र रमेश लेखकलाई जिम्मा लगाएका छन्।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवासामू बुझाउने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाईल्याण्डबाट आइतवार नै फर्किएका छन् । सरकार विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डवीच भेटवार्ता समेत हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ