arrow

केरुङ जाने सडक निर्माणको बाधक बन्दै गच्छदार

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
विजय-गच्छदार.jpg.jpeg
काठमाडौं । सरकारले रसुवा-स्याफ्रुबेँसी सडक निर्माण संकटकालीन परियोजना घोषणा नगरी निर्माण प्रक्रिया अघि बढाएको छ । दुई वर्षमा सकिने भनेको सडक निर्माण पाँच वर्ष लाग्ने भएको छ ।
 
नयाँ पत्रिकामा खबर छ-प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकालीन परियोजना घोषणा गरी ‘फास्ट ट्रयाक’मा सडक निर्माण गर्ने घोषणा गरेको र मन्त्रिपरिषदले पनि त्यहीअनुसार निर्णय गरेको थियो । 
तर, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजय गच्छदारले नियमित प्रक्रियाबाट सडक निर्माण अघि बढाउन मन्त्रीस्तरीय निर्णय गरेर रक्षा मन्त्रालय र सडक विभागलाई पत्राचार गरेका छन् ।
 
संकटकालीन परियोजना द्रुत गतिमा अघि नबढे चीनको केरुङ जोड्ने यो सडक निर्माण हुन पाँच वर्ष लाग्ने अनुमान छ । तर, सरकारले दुई वर्षमा दुई लेनको सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ