arrow

आइसीसी एसिया यु–१९ विश्वकप छनोटः नेपाल र सिंगापुर मैदानमा

logo
प्रकाशित २०७४ साउन २ सोमबार

सिंगापुर । आइसीसी एसिया यु–१९ विश्वकप छनोट क्रिकेटमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । 

नेपालले निकै किफायती बलिङ गरिरहेको छ । सिंगापुरले ४ रन बनाउँदा नै पहिलो विकेट गुमायो । नेपालका लागि किशोर महतोले विकेट लिएका हुन् । 

सोमबारदेखि नै सुरु भएको प्रतियोगिताको उद्घाटनमै नेपालले आयोजक सिंगापुरसंग खेलिरहेको हो । 

नेपाली टिम सन्दिप लामिछानेको कप्तानीमा मैदानमा छ । टिम प्रशिक्षक विनोदकुमार दास भने नेपालले जित्नेमा ढुक्क छन् । 

नेपाल, सिंगापुर, मलेसिया र अफगानिस्तानले एसिया यु–१९ खेलिरहेका हुन् । चार टोलीले दोहोरो लिग खेल्नेछन्  । समुहको शीर्ष टिम नै विश्वकपमा खेल्न पाउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ