arrow

आइसीसी एसिया यु–१९ विश्वकप छनोटः नेपालले सिंगापुरलाई ७३ रनमै रोक्यो 

logo
प्रकाशित २०७४ साउन २ सोमबार

सिंगापुर । आइसीसी एसिया यु–१९ विश्वकप छनोट क्रिकेटमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । खेलमा नेपालले विजयका लागि जम्मा ७४ रनको लक्ष्य पछ्याइरहेको छ । 

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले कप्तान सन्दीप लामिछानेको आकर्षक बलिङको मद्धतले सिंगापुरलाई २९ ओभरमै अलआउट गरी ७३ रनमा रोक्न सफल भएको हो । 

सन्दीपले २१ खर्चेर ५, सहाब आलमले १२ रन खर्चेर ३ तथा किशोर महतोले २ विकेट लिए । 

पवन सर्राफ र रोहित कुमार पौडेललेमात्र विकेट लिएनन् ।

सोमबारदेखि नै सुरु भएको प्रतियोगिताको उद्घाटनमै नेपालले आयोजक सिंगापुरसंग खेलिरहेको हो । 

नेपाली टिम सन्दिप लामिछानेको कप्तानीमा मैदानमा छ । टिम प्रशिक्षक विनोदकुमार दास भने नेपालले जित्नेमा ढुक्क छन् । 

नेपाल, सिंगापुर, मलेसिया र अफगानिस्तानले एसिया यु–१९ खेलिरहेका हुन् । चार टोलीले दोहोरो लिग खेल्नेछन्  । समुहको शीर्ष टिम नै विश्वकपमा खेल्न पाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ