arrow

८४ वर्षीय वृद्धले ६ वर्षीया नाबालिकामाथि बलात्कार

logo
प्रकाशित २०७४ साउन २ सोमबार

चरिकोट। दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको हो। आफू बस्ने कुटीमा लगी सुवेदीले ललाई फकाई लहरे आँप दिने भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

नाबालिकाको आफन्तले वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएसँगै पक्राउ गरिएको कार्कीले बताए। प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ