arrow

नेपाली यु–१९ क्रिकेट टोली मलेसिया गयो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1963298985.jpeg

काडमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी हुन नेपाली युवा क्रिकेट टोली मलेसिया गएको छ । राजु रिजालको कप्तानीमा मलेसिया गएको टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्वकप १९ वर्ष मुनिको क्रिकेटमा छानिने लक्ष्य लिएको छ ।

मलेसियाको क्वालालम्पुरमा बिहीबारबाट सुरु हुने छनोट प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा संचालन हुने  प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकप क्रिकेटका लागि छनोट हुने छ । नेपालले आफ्नो पहिलो खेल बिहीबार पपुवा न्युगिनीसंग खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले क्षेत्रीय छनोट प्रतियोगिता सकेपछि सबै समूहका उपविजेता टोलीका लागि अन्तिम मौका स्वरुप छनोट प्रतियोगिता आयोजना गरेको हो ।

गत अगष्टमा मलेसियामा भएको एसीसी युथ नाइन्टिन प्रिमियर लिग क्रिकेटमा उपविजेता बनेपछि नेपालले छनोट प्रतियोगिता खेल्ने अवसर पाएको हो । प्रतियोगितामा नेपाललाई हराउँदै विजेता बनेको अफगानिस्तान एसियाली समूहबाट सोझै छनोट भइसकेको छ । नेपाली टोलीको मलेसिया यात्रा संघर्षरत हुनेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ