arrow

बिरगञ्ज महानगरबाट एमालेका प्रस्तावित मेयरका उम्मेदवार कुर्मी फोरममा प्रवेश

logo
प्रकाशित २०७४ साउन २ सोमबार
birgunj-kurmi.jpg

काठमाडौं। संघीय समाजवादी फोरम नेपालमा पर्सा वीरगन्ज एमालेका नेता सुन्दर प्रसाद कुर्मी प्रवेश गरेका छन् । विरगञ्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तवित सुन्दर कुर्मीले पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन् ।
 
एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन् । गत असार १४ गते नेता कुर्मीले वीरगन्जमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा गरेका थिए ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवले अबीर खादा ओडाएर नेता कुर्मीलाई पार्टीमा स्वागत गरेका छन् ।

कुर्मीको प्रवेशले एमालेलाई एकातिर धक्का लाग्ने अनुमान गिरदैछ भने त्यसको लाभ फोरमले लिने अनुमान गरिदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ