arrow

भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

logo
प्रकाशित २०७४ साउन २ सोमबार
military-strength-of-india-pakistan.jpg

मुजफ्फरबाद (पाकिस्तान)। पाकिस्तानले विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको आरोप लगाएको छ। पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पुर्‍याएको बताएको छ।

पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा सो हत्या भएको बताइएको छ। पाकिस्तानी सेनाले भारतको तर्फबाट सो आक्रमण भएको र आफूहरुले जवाफी फायर गर्नुपरेको जानकारी दिएको छ। पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिएको छ। उक्त घटनाको पाकिस्तानी प्रधानमन्त्र नवाज शरिफले निन्दा गरे।

साथै उनले पाकिस्तानी सैनिकले सीमा क्षेत्रमा गरेको प्रतिरक्षाको कामका लागि धन्यवाद पनि ज्ञापन गरे। यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ