arrow

अपहरित भारतीय नागरिक जेलमा हुनसक्छन् : विदेशमन्त्री स्वराज

logo
प्रकाशित २०७४ साउन २ सोमबार
sworaj-news.jpeg

नयाँ दिल्ली। आतङ्ककारी संगठन आइएसले इराकमा अपहरण गरेका ३९ जना भारतीय नागरिकलाई मोसुलको जेलमा राखेको हुनसक्ने अनुमान गरिएको भारतीय विदेशमन्त्री सुषमा स्वराजले बताइन्। ती भारतीयहरुलाई तीन वर्षअघि आइएसले अपहरण गरेको जनाएका थिए। उनीहरुलाई मोसुलको बादुसस्थित जेलमा राखिएको बारेको सूचना आफूले पाएको जानकारी उनले दिइन्।

उनले इराकको पश्चिमी भागतर्फबाट इराकी सेनाले मोसुल सहर कब्जागर्ने प्रक्रिया सुरु गरेको र अधिकांश आफ्नो नियन्त्रणमा लिइसकेकाले अब केही दिनमा सो जेलसम्म पुग्ने पनि बताइन्।

इराकी सेना त्यहाँ पुगेपछि भारतीय सो जेलमा भए नभएको बारेमा पत्ता लाग्ने पनि उनले जानकरी दिइन्। विदेशमन्त्री स्वराजले भनिन् “उनीहरु सोही जेलमा हुनुपर्छ, यस विषयको सूचना हामीले पहिले नै पाएका थियौँ।”

बोदुससम्म पुग्न सक्यौँ भने हामीले उनीहरुको अवस्थाको बारेमा पत्ता लगाउने छौँ भनेर इराकी सेनाले जानकारी गराएको उनको भनाई थियो। अपहरित परिवारका सदस्यसँग भेट गर्ने क्रममा गत जुन महिनामा विदेशमन्त्री स्वराजले मोसुलको चर्चबाट ती भारतीय नागरिकलाई अपहरण गरिएको जानकारी आफूले पाएको र उनीहरु सबैजना जीवितै रहेको बताइकिथिन्।

सो स्थान मोसुद जेल नजिकै रहेकोले उनीहरुलाई त्यहीँ राखिएको हुनसक्ने अनुमान इराकी सरकारी अधिकारीले पनि गरेको उनले बताइन्।

इराकमा विभिन्न पेसा र जागिरमा रहेका ती भारतीय नागरिकलाई तीन वर्षअघि आइएसले अपहरण गरी बेपत्ता बनाएका हुन्। उनीहरुलाई छुटाउन भारतीय पक्षले जारी राखेका कूटनीतिक प्रयास भने अझै सफल हुन सकेका छैनन्। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ