arrow

यशोधराको कार्यपालिका निर्वाचन सम्पन्न

logo
प्रकाशित २०७४ साउन २ सोमबार
yasodhara_gaupalika_map.png

कपिलवस्तु । स्थानीय तह निर्वाचन २०७४ अन्र्तरगत कपिलवस्तुको यशोधरा गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । जसअन्र्तरगत कार्यपालिकाको महिला सदस्यहरुमा आरती लोधिन, कमलावती चमार,इलौची कोरी र शान्ती काहार निर्वाचित भएका छन् । 

त्यस्तै खुल्ला अल्पसंखयक तथा अन्य वाट भिम प्रकाश धरिकार र सोकिलाल वढई निर्वाचित भएका छन । निर्वाचित पदाधीकारीहरुलाई निर्वाचन अधिकृत रामेश्वर अर्याल र सहायक निर्वाचन अधिकृत पुनाराम पौडेलले प्रमाण पत्र प्रदान गरेका थिए । 

सो अवसरमा बोल्दै गाउंपालिका प्रमुख गिरिजेश कुमार पाण्डेले गाउँपालिकाको निर्वाचनमा सहयोग गर्ने निर्वाचन अधिकृत , सहायक निर्वाचन अधिकृत तथा सम्पुर्ण कर्मचारी तथा स्वंमसेवकलाई धन्यवाद व्यक्त गरे। 
साथै निर्वाचनमा आम जनताले मत हाली आफुलाई निर्वाचित गरेकोमा सम्पुर्ण मतदातालाई आभार र धन्यवाद व्याक्त गर्नुको साथै आम मतदाताको मतको कदर गर्दै गाउंपालिकाको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । 
यशोधरा गाउँपालिकामा प्रमुख उप प्रमुख सहित बहुमतले नेपाली कागे्रसका उम्मेदवार निर्वाचित भएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ