arrow

उपत्यकाको खाल्डा पुर्ने जिम्मा तीन सचिवलाई

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
chabahil_rango.jpg

काठमाडौं। सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए। त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देशन गरेको छ। 

‘प्रधानमन्त्रीको  निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाएर काम गर्न निर्देशन दिएको छु’, प्रधानमन्त्री कार्यालका सचिव चन्द्र घिमिरेले भने,‘उहाँहरुले सोहीअनुसार काम गर्दे जानुहुनेछ।’ उनका अनुसार संघीय मामिला तथ स्थानीय विकास मन्त्रालयकाम सचिव दिनेश थपलिया, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायलाई मन्त्रालय अन्तर्गत सडक निर्माणको काम गर्ने निकायलाई सक्रिय बनाएर  काम गराउने निर्देशन दिएको छ। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ