arrow

पहिरो पन्छाएपछि सडक सञ्चालनमा

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४:३० बजे खसेको पहिरो पन्छाएर ६:३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो।

रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४:३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए।

पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ। सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ