arrow

एमालेले ठूलो पार्टीको दम्भ नदेखाओस : प्रकाशशरण महत

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
prakash-sharan-mahata.gif

हेटौँडा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले मुलुकमा हाल कायम रहेको निर्वाचनको वातावरण सेलाउन नपाउँदै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्नेमा जोड दिएका छन्। 

उनले भने– अहिले देशमा निर्वाचनको माहौल जसरी बनिरहेको छ, यो वातावरण र माहौललाई कम हुन नदिई प्रदेश र केन्द्रको निर्वाचनमा परिणत गर्न सकिएमा मात्र देश साँचो रुपमा संघीयतामा प्रवेश गर्नेछ। 

नेपाली काँग्रेसले प्रदेश र केन्द्रको निर्वाचनको प्रक्रिया सुरु गरिसकेको तर कतिपयले भने आसोज २ मा तोकिएको २ नम्बर क्षेत्रको निर्वाचन हुन्छ र हुदैन भनेर अनावश्यक तर्क गरेर बसिरहेको प्रसंग पनि उल्लेख गरे।

नेपाली काँग्रेस मकवानपुरद्वारा सोमबार अपराह्न हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा महतले संविधानको कार्यान्वयन गर्न र देशलाई वास्तविक रुपमा संघीयतामा प्रवेश गराउन आगामी माघ ७ गतेभित्र सबै तहका निर्वाचनहरु सक्नु अपरिहार्य रहेको बताए। 

उनले भने–चाहे त्यो सात साल होस वा २०४६ अथवा दोस्रो जनआन्दोलन र त्यसपछिको संविधान सभाको निर्वाचन नै किन नहोस सबै ऐतिहासिक परिवर्तनमा नेपाली काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र यतिखेर पनि नेपाली काँग्रेसकै नेतृत्वको सरकार रहेकोले पनि सबै निर्वाचन निर्धारित समयमै सम्पन्न हुनेमा ढुक्क रहे हुन्छ। 

उनले नेकपा एमालेलाई स्थानीय निर्वाचपछि ठूलो पार्टीको दम्भ नदेखाउन आग्रह गर्दै भने– पपुलर मतको आधारमा हेर्दा काँग्रेस र एमालेमा खासै फरक छैन, त्यसैले कसैले कुनै दम्भ देखाउनु आवश्यक पनि छैन। ठूलो कुरा निर्वाचन गराउनु हो र त्यो नेपाली काँग्रेसको सरकारले नै गराएको हो। 

देशमा अझै महत्वपूर्ण र ठूला निर्वाचनहरु बाँकी नै रहेकोले परिवर्तनको प्रतिफललाई जोगाइराख्न ती चुनावसम्म प्रमुख दलबीच तीव्र प्रतिस्प्रर्धा होइन कि समन्वयको भूमिका आवश्यक छ ठूलो र सानो पार्टीको निरर्थक बहसले कसैलाई फाइदा पुग्दैन– उनले भन।       

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही बनाएको बताउँदै प्रशासन संयन्त्रलाई पारदर्शी बनाई जनगुनासा सुन्ने परिस्थिति तयार पार्न सुझाव दिए। 

कार्यक्रममा नेकपा (माले)का केन्द्रीय सदस्य भीमसेन महत, राप्रपाका राजन खरेललगायत विभिन्न दल परित्याग गरी काँग्रेसमा प्रवेश गर्ने करिब दुई सय युवालाई स्वागत गर्दै काँग्रेसको सदस्यता वितरण गरियो।

काँग्रेसका नगर अध्यक्ष आनन्दराम पराजुली र  काँग्रेसमा प्रवेश गरेका महतले मुलुकमा दिगो शान्ति कायम राख्न र संसदीय प्रजातन्त्रलाई सुदृढ पार्न काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ