arrow

वडा नागरिक मचं हुदै उपमेयर वनिन् मिरा थारु

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ साउन ३ मंगलबार
mira_tharu_up_mear_buddhabumi.jpg

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा स्थानीय तहको निर्वाचनमा थारु समुदाकी महिला उप मेयर पदमा निर्वाचित भएकी छन् । विभिन्न सामाजिक क्षेत्रका अभ्यास र कामले गर्दा उनी समुदायमा घुलमिल भएको बातावरण गर्दा आज उनी गरिमामय उप मेयर जस्तो पदमा निर्वाचित हुन पुगेकी हुन  ।

 बुद्धभुमि नगरपालिका वडा नं २ वडहरकी बासिन्दा मिरा थारु सामान्य परिवारकी एक महिला हुन । ३० बर्षिय मिरा थारुकी १ छोरा र श्रीमान छन्  । श्रीमानले  सिचाई कार्यालयमा  काम गर्दछन् । पहिले स्थानीय भुकृटी विकास वैकमा ३ महिना सम्म खुत्रुके बचतको काम गरिन त्यसपछि । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा वडा नागरिक मंचको व्यवस्थापन समितिको पदमा बसेर काम गर्न सूरुवात गर्न थालिन स्थानीय सामाजिक परिचालक सुमित्रा भुषालको सहयोगमा उनले वडामा आउने बजेट, वजेटका प्रकार , सामाजिक परिचालन , उपभोक्ता समिति महिला क्षमता विकास तालिम जस्ता कार्यमा रुची राखेर काम गर्दै गइन ।

काम गर्दे जादा स्थानीय प्रौढ शिक्षामा पढाउने अवसर पाइन । सो वडामा आउने विभिन्न कार्यक्रम र समस्याको बारेमा वोध हुर्दै गएपछि उनी सामाजिक क्षेत्रमा अगाडी बढ्ने मौका पाइन । वडा नागरिक मंचको कारण नगरपालिकाको परिषद तथा अन्य कार्यक्रममा सहभागि हुदै जादा समुदायको नेत्तृत्व लिन सक्षम हुदै गइन । समुदायमा हुने काममा मिराको भुमिका महत्वपुर्ण बन्न लाग्यो सानातिना विवाद मिलान, झगडा व्यवस्थापन मेलमिलाप जस्ता काममा मिराको भुमिका महत्पुर्ण रहदै गयो ।

स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फवाट उप मेयरको पदको उमेद्धारी वन्न सफल भइन । पार्टी  तथा आफुले लगानी गरेको सामाजिक क्षेत्रको कामको प्रभावको कारण अन्य वडामा गएर भोग माग्ने तथा प्रतिवद्धता जनाउने काममा उनी कम्मर कसेर लागीन उनको वोलि उनका आश्वसान एक आदिवासी थाए महिला भएर कामको लगावको कारण सवै नगरवासिको मायाको कारण उनी उप मेयर निर्वाचित भइन ।

 मिराले उप मेयर भएसँगै गाउं गाउंमा गएर महिला तथा आदिवासिहरुको क्षमता विकास तथा सम्राग नगर विकासमा आफुले काम गर्ने योजना बनाएकी छन् । आफु जस्तै अन्य महिलाहरुको लागी स्थानीय समुह संस्था, वडा नागरिक मंच सचेतना केन्द्र जस्ता समुहमा वसेर क्षमता विकास गर्नको लागी आग्रह समेत गरेकी छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ