arrow

पाल्पामा राहदानी बनाउनेको सङख्या घट्दो

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन ३ मंगलबार
MRP-Nepali-Passport.jpg.jpeg

पाल्पा । जिल्लामा  गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष  २०७३÷०७४ मा राहदानी बनाउने युवाहरुको सङख्यामा ३०.३८ प्रतिशतले कमी आएको छ । जिल्ला प्रशासन कार्यलयले आयोजना गरेको पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जिल्लामा बेरोजगारका  अवसरको कारणले कमी आएको बताए ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार  आर्थिक वर्ष ०७३÷०७४ मा साधारण राहदानी अन्र्तगत ४ हजार २ सय २९ , दु्रत अन्र्तगत १ हजार ३ सय ३९ गरी बाकीँ ४ हजार ६ सय ५० वितरण भएकोमा अघिल्लो आर्थिक वर्षमा साधारण तर्फ ६ हजार ८९  , दु्रत अन्र्तगत २ हजार ३१ वटा वितरण गरिएको मा  आर्थिक वर्ष ०७३÷०७४मा अघिल्लोको तुलनामा कमी भएको हो ।

जिल्ला प्रशासन कार्यलयद्धरा आयोजित पत्रकार भेटघाटमा राहदानी बनउनेहरुको मात्र नभई नागरिकताको प्रमाण पत्र बनाउनेको पनि सङख्यामा समेत कमी आएको जानकारी गराईएको थियो । आर्थिक वर्ष  ०७३÷०७४ को अवधिमा वंशजको आधारमा ९ हजार २ सय ३६ जनाले लिएकोमा अघिल्लो आर्थिक वर्षमा ११ हजार ८ सय ८६ जनाले लिएका थिए । यो गत वर्षको तुलनामा २२.२९ प्रतिशतले कमी आएको हो ।

 त्यस्तै गरि आर्थिक वर्ष  ०७३÷०७४ को अवधिमा  प्रतिलिपी नागरीकता  १ हजार ६ सय ३० जनाले बनाएकोमा अघिल्लो आर्थिक वर्षमा १ हजार ५ सय १६ जनाले बनाएका थिए । यो गत वर्षको तुलनामा  भने ७.५१ प्रतिशतले वृद्धि भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ